काठमाण्डौ – वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दा परेका तर पैसा तिरेर वकिल राख्न नसक्नेहरूले निःशुल्क कानुनी सहायता लिन पाउने भएका छन् ।
वैदेशिक रोजगार न्यायाधिकरणले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने वकिलहरूको सूची सार्वजनिक गर्दै वैदेशिक रोजगार कसुर मुद्दाका असमर्थ पक्षले निःशुल्क रूपमा उनीहरूबाट सेवा लिन सक्ने जनाएको छ । यस्तो सेवालाई प्रोबोनो सेवा भनिन्छ ।
प्रोबोनो अर्थात् निःशुल्क कानुनी सहायता लिनका लागि सबैभन्दा पहिला वकिल राख्न नसक्ने असमर्थ पक्षले न्यायाधिकरणमा अनुरोध गर्नुपर्...