काठमाडाैं : ३७ औं खेलमा घरेलु मैदान क्याम्प नोउमा सेल्टा भिगोसँग पराजित हुँदा बार्सिलोनाको यो सिजनको ला लिगा उपाधि यात्रामा पूर्णविराम लागेको छ।खेलको अन्त्यतिर १० खेलाडीमा सीमित बार्सिलोनाले यो सिजन लिगको तेस्रो स्थानमा चित्त बुझाएको छ। बार्सिलोनाका फ्रान्सेली डिफेन्डर क्लेमेन्ट लेगलेन्ट दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। अधिकांश नियमित खेलाडी भए पनि बार्सिलोनाले हार टार्न सकेन। उसका लागि कप्तान लियोनल मेस्सीले खेलको २८ औं मिनेटमा हेडमार्फत सहज गोल गर