काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा इल्चेमाथि २-१ को जित निकाल्दै बार्सिलोना जारी सिजन पहिलो पटक तेस्रो स्थानमा उक्लियो। त्यस्तै आइतबारनै भएको खेलमा एट्लेटिकोले पनि रियल बेटीसलाई ३-१ ले पराजित गर्दै बार्सिलोनालाई पछ्याइरहेको छ। दुबैको समान ४८ अंक रहेको छ।जारी सिजनको सुरुवाती खराव लयलाई बिर्सिदै बार्सिलोनाले पछिल्लो समय सम्हालिएर प्रदर्शन गरिरहेको छ। बार्सिलोना १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो। बार