काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई झण्डै तीन महिनामा पूर्णता दिंदा आफूपछिको वरियतामा कस्लाई राख्लान् भन्ने चासो थियो । उपप्रधानमन्त्री बन्न काँग्रेसलगायत सत्ता गठबन्धनका दलका नेताहरुबीच रस्साकस्सी थियो । तर, देउवाले उपप्रधानमन्त्री नबनाउने निर्णय लिएर धेरैलाई रोकिदिए । देउवाले आफूपछि वरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । काँग्रेसका हस्ती नेताहरु कोही सरकारमा सहभागी […]