रजनीकान्त राजनीतिमा प्रवेश नगर्ने संकेत

दक्षिण भारतीय ‘सुपर स्टार’ रजनीकान्तले राजनीतिमा नजाने संकेत गरेका छन् । उनले राजनीतिमा नजाने र शुभचिन्तकलाई राजनीतिका लागि दबाब नदिन समेत आग्रह गरेका भारतीय मिडियाले जनाएका छन् । उनका समर्थकले राजनीतिमा आउन आग्रह गर्दै वेल्लुवर कोट्टममा प्रदर्शन गरेका थिए । त्यसपछि रजनीकान्तको धारणा आएको हो । उनले भनेका छन्, ‘मैले मेरो कुरा राखिसकेको छु । अबदेखि राजनीतिका लागि अनुरोध गर्दै कुनै कार्यक्रम नगर्न अपिल गर्दछु ।’ यसअघि उनले तमिलनाडुको विधान सभामा चुनाव लड्ने गरी तयारी थालेका थिए । त्य...