प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने कि नदिने भन्ने बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्तरिक छलफलमा जुटेको छ ।
प्रधानमन्त्रीले एक्कासि संसद्मा विश्वासको मत लिने तयारी गरेपछि राप्रपा नेताहरू छलफलमा जुटेका छन् ।
सांसदसमेत रहेका राप्रपा नेता राजेन्द्र लिङ्देनले विश्वासको मतबारे छलफल गर्न बैठक बस्नका लागि आन्तरिक कुराकानी भइरहेको बताए ।
‘प्रधानमन्त्रीले आजकै संसद् बैठकबाट विश्वासको मत लिने भन्ने थाहा थिएन । भर्खरै जानकारी पायौं । विश्वासको मत दिने नदिने भनेर पार्टीले ...