निर्वाचन आयोगसँग ‘गाई’ माग्ने राप्रपा नेपालको निर्णय

कमल थापा नेतृत्वको राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगसँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह माग गर्ने  निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । बैठकले हिन्दू राष्ट्र पुनस्र्थापनार्थ जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । राप्रपा नेपालको ‘तीर’ सहितक

सम्बन्धित सामग्री

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष थापा भन्छन् : फैसला दुर्भाग्यपूर्ण

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । चलखेल, दवाव र 'सेटिङ'ले कसरी संवैधानिक अंगलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण ...

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसलामा चलखेल र सेटिङ भयो’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव चिह्नसम्बन्धी मुद्दाको फैसलामा चलखेल र सेटिङ भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले गाई चुनाव चिह्न पाउनुपर्ने भन्दै दायर भएको थापाको रिट खारेज गरेपछि उनले यस्तो आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘अदालतको फैसला शिरोधार्य छ । तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने […]

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसला दुर्भाग्यपूर्ण’

काठमाडौँ- गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उल्लेख गर्दै अध्यक्ष थापाले भने – चलखेल, दबाब र सेटिङुले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला। सर्वोच्चका न्यायाधीशहरुले […]

कमल थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय अध्यक्ष थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस भएका हुन्। थापालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरक

मकवानपुर-१ बाट  कमल थापाको नाम सिफारिस

आसन्न निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर-१ मा कमल थापाको नाम सिफारिस गरेको छ । शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर-१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम एकल सिफारिस गरेको हो । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मकवानपुर-१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापा लाई सर्वसम्मतले निर्णय गरेको हो। अन्य निर्वाचन क्षेत्रमा भने राप्रपा नेपालले उम्मेदवार सिफारिस गरेको छैन । अन्य क्षेत्रको

चुनावको तयारीमा जुट्यो कमल थापा नेतृत्वको राप्रपा नेपाल

कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । आइतबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो ।  जसअनुसार स्थानीय निर्वाचनको तयारीका लागि  सुशील श्रेष्ठको संयोजकत्वमा  स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।  समितिको सदस्यहरूमा श्री तेजकुमार कुरुम्वाङ्ग, हरिकृष्ण श्रेष्ठ, राम नरेश यादव, , रामसुन्दर विष्ट, राजकुमार खड्का, खेमराज गौतम,  ईर्साद आलम, ईश्वर श्रेष्ठ,  ललित जोशी,

कमल थापा फेरि बने राप्रपा नेपालको अध्यक्ष

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नेपाल नामक नयाँ पार्टीको अध्यक्ष बनेका छन्। राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा  उक्त पार्टीको अध्यक्ष बनेका हुन्। आइतबार थापाको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति बनाएर नयाँ कार्यसमितिबारे आयोगलाई लेखेर पठाउने निर्णय भएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले कमल थापाको नेतृत्वमा […]