एन्फाको विशेष साधारण सभा सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा साधारणसभा जारी रहेको छ ।एन्फाले यसअघि स्थगित गरेको विशेष साधारण आजदेखि सुरु भएको हो । एन्फाले प्राविधिक कारण देखाउँदै फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा स्थगित गरिएको थियो ।साधारण सभामा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा छलफल हुने बताइएको छ  । एन्फाका निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक