पत्रकार महासंघ लुम्बिनीको साधारण सभा पुसमा

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ । महासंघको भालुवाङमा बसेको बैठकले केन्द्रीय परिपत्र अनुसार साधारण सभा पुस २ गर्ने निर्णय गरेको हो ।बैठकले साधारण सभा सम्पन्न गर्न वसन्त गिरीको अध्यक्षतामा मूल तयारी समिति गठन गर्नुका साथै महासचिव विक्रम खड्काको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय समिति गठन गरेको छ । कोषाध्यक्ष यमनाथ घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको बैठकले प्रदेश मातहतका साधारण सभा नगरेका शाखाहरूलाई अधिवेशन सम्पन्

सम्बन्धित सामग्री

पत्रकार महासंघ स्थापनाको तथ्य मोडेर मोडिँदैनः थापा

दाङ–  एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारी भित्र पर्ने बताएका छन्। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा भेलालाई सम्वोधन गर्दै उहाँले श्रमजीविका मुद्धा, संगठीत, पेशागत दक्षता योग्य बनाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताएका हुन्। पत्रकार महासंघमा […]

नेपाल पत्रकार महासंघ दोलखा शाखाको साधारण सभा

दोलखा : नेपाल पत्रकार महासंघ दोलखा शाखाको एघारौँ वार्षिक साधारण सभा दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ।पत्रकार महासंघ दोलखाका शाखाका अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगा कार्कीले उद्घाटन गर्दै निष्पक्ष पत्रकारिता गर्न आग्रह गरे।उनले दोलखाको समृद्धिका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्दै विकास निर्माणका योजना बनाउँदै काम गर्ने बताए। कार्यक्रममा कोभिड १९ महामारीमा अहोरात्र खट्ने पशुपति चौलागाई स्मृृति अस्पतालका स्वास्थ्यकर्मी प्रतिमा भटराई, उर्मिला चौ

जुम्ला तातोपानीमा महासंघको साधारण सभा र मिडिया सम्मेलन सम्पन्न

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ साधारणसभा पर्यटकीय केन्द्र तातोपानीमा सम्पन्न भएको छ।

रिसोर्टमा मृत भेटिएका मिडिया काउन्सिलका अध्यक्ष शिव भट्राईबारे अनुसन्धान जारी

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ साधारण सभामा अतिथिका रुपमा सहभागी हुन काउन्सिल अध्यक्ष भट्टराई शुक्रवार आएका थिए। शाखाको साधारण सभा शनिवार बिहान रिसोर्टमा नै राखिएको थियो।...

मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष मृत फेला

जनकपुरधाम- मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ। नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा बसेका भट्टराई शनिबार मृत फेला परेका हुन्। राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामा मृत भेटिएका हुन्। उनले वान्ता गरेका थिए। साथै उनकाे हातमा […]

नेपाल पत्रकार महासंघ काठमाडौँको बाइसौँ साधारण सभा सम्पन्न

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। नेपाल पत्रकार महासङ्घ काठमाडौँको बाइसौँ साधारण सभा सम्पन्न भएको छ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा २०७७ माघ २४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा कक्षमा सो कार्यक्रम सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन समेत गर्नुभएका प्रमुख अतिथि गुरुङले मन्तव्य राख्दै आफ्नो मन्त्रालय देशभरिका पत्रकारको अभिभावक मन्त्रालय भएको दावी गर्नुभयो । प्रेस पास वितरणको प्रदेशस्तरमा गरिएको व्यवस्था तथा पत्रकारको कल्याणकारी कोषमा पाँच करोड विनियोजित गरिएको तथा त्यसलाई अझै बढाएर १० करोड पुर्याउने सरकारको योजना रहेको बताउँदै उहाँले यस्तो दावी गर्नुभएको थियो । उहाँले पछिल्ला दिनमा पत्रकारको आवाज सरकारले सुनेन भन्ने स्थिति नरहेको समेत बताउनुभयो । कार्यक्रममा राष्ट्रियसभाका सांसद रामनारायण बिडारी, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रेस काउन्सिलका का.वा. अध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासङ्घ काठमाडौँका पूर्व अध्यक्षहरूको तर्फबाट शम्भु श्रेष्ठ, पुरष्कृत पत्रकारहरूको तर्फबाट ईश्वरी वाग्ले, बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटा र पत्रकार महासङ्घका महासचिव रमेश विष्ट पनि मन्तव्य दिनुभएको थियो । साधारण सभाको उद्घाटन सत्रमा प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलिप थापासहितका विभिन्न पत्रकार सङ्घ/सङ्गठनका पदाधिकारी तथा प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो । सो अवसरमा १४ वटा बेग्लाबेग्लै पत्रकारिता स्मृति पुरस्कार प्रदान गरिएको थियो । यसरी पुरस्कार प्राप्त गर्ने पत्रकारहरूमा राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, बलराम थापा, गोपाल बुढाथोकी, दामोदर दवाडी, देवेन्द्र चुँडाल, ज्ञानु दास, निर्मला शर्मा, ईन्द्र रिजाल, विश्वराम किराँत, ईश्वरी वाग्ले, निरोजन गौतम, टिबी विरही र मानध्वज लामा हुनुहुन्थ्यो । पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षता तथा सचिव मोहनप्रसाद पन्तको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा पत्रकार महासङ्घ काठमाडौँको स्मारिका (पत्रकारिता) प्रमुख अतिथिद्वारा विमोचन गरिएको थियो । एवम् प्रकारले सो अवसरमा बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटाले प्रेस सामग्रीसहितको दुई वटा झोला प्रदान गर्नुभएको थियो भने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्धर शाक्यले पत्रकारको कल्याणकारी कोषका लागि १५ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो । साधारण सभाको दोस्रो चरणको बन्दसत्र ईश्वरी वाग्लेको अध्यक्षतामा अघि बढेको थियो । बन्दसत्रमा सचिव ...

पत्रकार महासंघ पर्साद्वारा दुईजना वरिष्ठ पत्रकार पुरस्कृत

कृष्णउदास खनाल, वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको २४ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा उदघाटन सत्र र बन्द सत्रका दुबै सभा सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव रामप्रसाद दाहालले साधारणसभाको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ पर्साले स्थापना […]

वरिष्ठ पत्रकार बनारसी वर्माको नाममा कपिलवस्तुमा अक्षयकोष स्थापना

केरसिंह अदै, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु को १० औं साधारण सभा आज तौलिहवामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता र महासंघ कपिलवस्तुका अध्यक्ष दिलाराम भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएम, पूर्व कृषि मन्त्री बलदेव खनाल, पत्रकार महासंघ केन्द्रीय सदस्य वसन्त गिरी, पूर्व केन्द्रीय सदस्य निशा विश्वकर्माले पनि सम्बोधन गर्नु भएको थियो । प्रेस युनियन, प्रेस संगठन, प्रगतिशील पत्रकार संघ, मधेसी पत्रकार समाजका प्रतिनिधिहरुले सम्मेलन सफलताको शुभ कामना दिनु भएको थियो । सम्मेलनमा सचिव हरी आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष दीपक खड्काले आर्थिक प्रतिवेदन तथा महासंघका जिल्ला अध्यक्ष दीलाराम भुसालले आर्थिक वर्ष २०७७–७८ को लागि योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सम्मेलनले कोरनाका कारण मृत्यु हुनु भएका वरिष्ठ पत्रकार शाखाका पूर्व उपाध्यक्ष बनारसी बर्मा प्रति शोक प्रस्ताव पारित गर्दै उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै उहाँको नाममा १ लाख रुपैयाँको अक्षय कोष खडा गर्ने निर्णय समेत गरेको छ । बर्माको उपचारमा पनि महासंघले सहयोग गरेको थियो। महासंघ कपिलवस्तु शाखाले पत्रकारहरुलाई आपत विपतमा सहयोग गर्ने हेतुले ६ लाख रुपैयाँ बराबरको अक्षय कोष समेत खडा गरेको छ । आगामी वर्ष १५ लाख पुराइने घोषणा गरिनुका साथै जिल्ला मा ९० जना पत्रकार हरुको कोरोना बीमा बनाई सकेको छ । जिल्लामा १४६ जना पत्रकार महासंघमा आवद्ध रहेका छन् । शाखाको १० औं साधारण सभाले विभिन्न माग राखी १० बुँदे घोषणा पत्र समेत जारी गरेको छ । जिल्लाको विविध समस्यालाई लिएर प्रमुख अथिती पोख्रेललाई लिखित रूपमा ध्यानआकर्षण पत्र पनि बुझाइएको छ ।  सभाको सञ्चालन सचिव हरी अधिकारी र स्वागत, महासंघकी उपाध्यक्ष पार्वती पाण्डेले गर्नु भएको थियो ।

तीन पत्रकार पुरस्कृत

भोजपुर / तीन जना पत्रकार सम्मानित भएका छन् । आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा मार्फत युवराज विष्ट, प्रदिपचन्द्र राई र अर्जुन बस्नेत सम्मानित भएका हुन् । विष्टलाई ‘लोकनाथ दाहाल स्मृती खोज पत्रकारिता’ पुरस्कार, राईलाई, ‘तिलक बहादुर मनमाया राई पर्यटन पत्रकारिता’ पुरस्कार र बस्नेतलाई ‘मनमाया राई पर्यटन पत्रकारिता पुरस्कार’द्धारा सम्मानित... The post तीन पत्रकार पुरस्कृत appeared first on Purbeli News.