एन्फाको विशेष साधारण सभा दोस्रो पटक स्थगित

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाको विशेष साधारण सभा स्थगित भएको छ । एन्फाको साधारण सभा दोस्रो पटक स्थगित भएको हो । प्राविधिक कारणवश भोलिका लागि तय भएको साधारण सभा स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले निकालेको विज्ञप्तिमा उल्लेख छ । यसअघि गएको माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा पनि स्थगित भएको थियो । स्थगित विशेष साधारण सभाको अर्को मिति पछि सूचित गरिने विज्ञप्तिमा उल्लेख छ ।