काठमाडौं : नेपालमा जाडो सकिएर गर्मी मौसम शुरू हुन लागेको छ।यसरी मौसम परिवर्तन हुँदैगर्दा हामीमा विभिन्न खाले स्वास्थ्य समस्या देखिनेगर्छ। यतिखेर हामीलाई मौसमी ज्वरो सहितको रुघाखोकी र पाचन प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याले सताउन सक्छ।अझै, अहिले त अझै कोभिड जस्तो सजिलै एकबाट अर्को व्यक्तिमा सर्न सक्ने संक्रमणबाट हामी जोखिम मुक्त भइसकेका छैनौँ। कोभिड जोखिम कायमै रहेको र मौसम परिवर्त हुने यो समयमा स्वास्थ्यमा विभिन्न समस्या देखिने हुनाले सजगता अपनाउन जरूरी छ।यतिखेर देखिन्छन् यस्ता स