पाकिस्तानमा बाढी प्रभावितहरुमा स्वास्थ्य समस्या देखिन थालेकाे छ । बाढीबाट प्रभावित सिन्ध प्रान्तका नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको हो । त्यहाँ गर्भवतीहरु बढी प्रभावित भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढीपछि ४७ हजारभन्दा धेरै गर्भवती आश्रय शिविरमा बस्न बाध्य छन् । सिन्ध प्रान्तका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढी पछि लाखौँ मानिस विभिन्न रोगबाट ग्रसित भएको बताउनु भएको छ। यो प्रान्तमा १ लाख ३४ हजारभन्दा धेरैमा झाडापखाला र ४४ हजार जनामा मलेरिया देखि...