असोज १ गतेदेखि चितवनका शैक्षिक संस्था सञ्चालन गर्ने तयारी

भदौ २७, चितवन । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।  जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जानकारी दिएको छ ।  कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । उनले भने, ‘एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाइ अध्ययन अध्यापन शुरु गर्ने तयारीमा छौ ।’ एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको उनको भनाइ थियो । स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाइको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उनले जानकारी दिए । उनले भने, ‘विद्यार्थीले माक्स र फेस सिल्ड आफैले व्यवस्था गर्नुपर्ने हुन्छ ।’   भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुद्धे मापदण्ड तयार गरिएको छ ।  मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जानकारी दिइएको छ ।  एक एक हप्ताको फरकमा अवस्था हेरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको हो । विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरी आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने उहाँले जानकारी दिए । एउटा कक्षा÷सिफ्ट÷समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रिने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ । ज्वारो आउने, जिउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।  महानगरमा अहिले सामुदायिक र संस्थागत गरी २२० विद्यालय रहेका छन् । यहाँ ८८ हजार ७६५ विद्यार्थी अध्ययनरत रहेको पौडेलले बताए । जिल्लामा रहेका सातवटै पालिकाले विद्यालय सञ्चालनका लागि मापदण्ड तयार गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीकाराम चापागाईंले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी थालिएको बताए । रासस

सम्बन्धित सामग्री

विराटनगरमा असार १७ गतेसम्म शैक्षिक संस्था बन्द

लगातार वर्षाका कारण महानगरपालिका क्षेत्र डुबानमा परेकाले विद्यार्थीहरुको सुरक्षा र विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्नका लागि महानगरभित्र सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।...

कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् ।

वर्षासँगैको चिसोले बुटवलका शैक्षिक संस्था दुई दिन बन्द

हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार र बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्दको निर्णय गरेको हो ।उपमहानगरपालिकाद्वारा बुधबार जारी सूचनामा उपमहानगरअन्तर्गत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गर्

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आउने भएका छन् ।

म्याग्दीका शैक्षिक संस्था १४ दिन बन्द

म्याग्दी : कोरोना भाइरस संक्रमण बढेपछि म्याग्दीका सम्पूर्ण शैक्षिक संस्था १४ दिन बन्द हुने भएको छ। समुदाय स्तरमा संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमवार साँझ बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आकस्मिक वैठकले बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।म्याग्दीका प्रमुख जिल्ल अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना रोगथामका लागि हाललाई विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। विद्यार्थी र शिक्षकलाई

विराटनगर महानगरका सबै शैक्षिक संस्था बन्द

कोरोना महामारीको जोखिम उच्च भएपछि विराटनगर महानगरले सबै शैक्षिक संस्था बन्द गर्दै बैशाखभर परीक्षा नगर्ने निर्णय गरेको छ ।

पोखरा क्षेत्रका सबै शैक्षिक संस्था बन्द हुने

पोखरा । पछिल्लो समयमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि पोखरा क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।कोरोनाको त्रास बढेपछि मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको पठन–पाठन बन्द गर्ने निर्णय गरेसँगै पोखरा महानगरपालिकाका सवै शैक्षिक संस्था आगामी जेठ १ गतेसम्म  बन्द हुने भएका हुन् । यसअघि पोखरा महानगरको शिक्षा शाखा र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो । तर केन्द्र सरकारले नै बन्द गर्ने नि

उपमहानगरभित्रका शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

कोरोना संक्रमणको अवस्था झन जटिल बन्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले यसअघि आइतबारबाट एक साताका लागि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।...

शैक्षिक संस्था बन्द गर्नुपर्नेमा काठमाडौं उपत्यकाका सिडिओको जोड

काठमाडौं । काठमाडौं उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले  कोरोना रोकथामका लागि यहाँका शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नु आफूहरुले सुझाव दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । पराजुलीका अनुसार बैठकमा तीन जिल्लाका सिडिओसहित सुरक्षा निकायका पदाधिकारी पनि सहभागी थिए । उनले भने, ‘