काठमाडौं विश्वविद्यालय (केयू)को २७ औं दीक्षान्त समारोह अन्तर्गत प्रथम चरणमा १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् । स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका हुन् ।