काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। शुक्रबार ललितपुरको पुलचोक इन्जिनियरिङ क्याम्पसको मैदानमा त्रिविको ४८ औँ दीक्षान्त समारोह आयोजना गरिएको थियो। त्रिविका अनुसार समारोहमा ६३ हजार १३७ विद्यार्थी दीक्षित भएका छन्। २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिइ ६० औँ ग्रेस लिष्टमा समावेश भएका विद्यार्थीहरु दीक्षित भएका हुन्। […]