इटहरी इन्टरनेसनल कलेजको दीक्षान्त समारोह, २२७ जना विद्यार्थी दीक्षित

इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बीएस्सी (अनर्स) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी दीक्षित भए ।