माओवादी केन्द्र गण्डकीको संसदीय दलकाे नेतामा हरिबहादुर चुमान

तनहुँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुनुभएको छ । हिजाे बेलुका बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई संसदीय दलको नेतामा चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो ।  संसदीय दलको नेता बाहेकका अन्य पदाधिकारी पछि चयन गरिने माओवादीले जनाएको छ । साठी सदस्यीय प्रदेश सभामा ...

सम्बन्धित सामग्री

माओवादीले मुख्यमन्त्री नपाएपछि गण्डकीमा दल नेता हरिबहादुर चुमान मन्त्री बन्ने

नेकपा माओवादी केन्द्रले गण्डकीमा मुख्यमन्त्री नपाएपछि दल नेता हरिबहादुर चुमान आफैँ सरकारमा जाने भएका छन् ।

तनहुँ–१ को उपचुनावलाई देखाएर गण्डकी सरकारमा सौदाबाजी

८ वैशाख, पोखरा । अघिल्लो प्रदेशसभामा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए, नेकपा माओवादीका हरिबहादुर चुमान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेर एमाले र माओवादी ब्यूँतिएपछि कांग्रेस नेतृत्वको नयाँ गठबन्धन बन्दा  मुख्यमन्त्री हुन चाहान्थे, चुमान । तर नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने । ४ मंसिरको चुनावमा तनहुँ–१ को […]

मन्त्रिपरिषद् विस्तारमा खगराजको विलम्ब : मन्त्री र मन्त्रालय टुंग्याउनै सकस

४ माघ, पोखरा । २५ पुसमा गण्डकीको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले आफ्नै पार्टी एमालेका सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम तमुलाई बिना विभागीय मन्त्री बनाए । २९ पुसमा विश्वासको मत पनि लिएका उनले अहिलेसम्म मन्त्रिपरिषदको बिस्तारको छाँटकाँट देखाएका छैनन् । ‘केही दिनभित्रै हुन्छ, हतार के छ र ? सबैले थाहा पाइहाल्छन् […]

चुमानको सत्तामोह : मुख्यमन्त्री माग्ने, मन्त्री पाउँदा पनि आफैं जाने

२६ पुस, पोखरा । नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुग्दा गण्डकीका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि केपी ओलीको चर्को विरोध गर्थे तर एमालेकै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भने नतमस्तक थिए । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि सरकार गिराउने तथा बनाउने खेल चलिरहँदा पनि गण्डकीमा माओवादीले पृथ्वीसुब्बालाई समर्थन जारी राख्यो । […]

गण्डकीमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन, यस्ता छन् पहिलो बैठकका ५ निर्णय

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अधिकारीसँगै एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई साथमा लिएर शपथ ग्रहण गरेका हुन् । उनीहरूको

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले गरे पदभार ग्रहण

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री  खगराज अधिकारीले पदभार समालेका छन् ।  उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री अधिकारीसहित एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङले

गण्डकीका माओवादी नेता भन्छन्– केन्द्रले निर्णय पठाएकै छैन, सरकारमा कसरी जाने ?

२५ पुस, पोखरा । गण्डकी प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने र आफू मुख्यमन्त्री हुने दाबी गर्दै आएका माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान केन्द्रको निर्णयप्रति सन्तुष्ट देखिएका छैनन् । सत्ता साझेदार दलबीच भएको प्रदेश भागबण्डामा गण्डकीको मुख्यमन्त्री पूरै कार्यकाल एमालेको भागमा परेको छ । माओवादीले सभामुख पाएको छ भने उपसभामुख पनि एमालेकै पोल्टामा परेको […]

माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश दलको नेतामा हरिबहादुर चुमान चयन

काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन भएका छन् । प्रदेश कमिटीको बैठकले संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी ०७४ को निर्वाचनपछि पनि प्रदेश संसदीय दलको नेता बनेका थिए । दलको नेता बनेसँगै चुमानलाई मुख्यमन्त्रीको बलियो दाबेदारका हेरिएको छ । चुमान दलको नेतामा […]

माओवादी गण्डकी संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

काठमाडौं : माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चुनिएका छन्। पार्टीले उनलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो। चुमानका अनुसार आइतबारै बस्ने संसदीय दलको बैठकले पार्टीको उक्त निर्णयलाई पारित गर्नेछ। चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन्।२०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।  ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादी ८ सदस्यसहित तेस्रो स्थानमा रहेको छ।