आम्दानीको बलियो स्रोत बन्दै अम्रिसो

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुस्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्याे । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरी चामल कहाँबाट ल्याउने भन्ने पिर उहाँलाई छैन …

सम्बन्धित सामग्री

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

विगतका वर्षमा अम्रिसोबाट उत्पादन हुने कुचोको मूल्य उच्च रहेकाले इलामका अधिकांश किसानले खेतीयोग्य जमिन मासेर अम्रिसो रोपेका थिए तर यस वर्ष कुचोको मूल्य घटेपछि किसानमा निराशा छाएको छ।...

अम्रिसो बेचेर तीन करोड आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ।  गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको...

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर ३ करोड बढी आम्दानी

१३ पुस, मध्यविन्दु  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका […]

‘प्याङ्ग्री’ लहरा नियन्त्रण गर्न वनमा बेसार र अम्रिसो खेती

झापा, ३ असोज । जलथल क्षेत्रका सामुदायिक वनमा बेसार र अदुवालगायतको खेती सुरु गरेपछि मिचाहा झार भनेर चिनिने ‘प्याङ्ग्री’ (माइकेनिया) नियन्त्रण हुन थालेको छ । प्याङ्ग्री झार अधिकांश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेपछि सामुदायिक वनमा बेसार, अदुवा अम्रिसो लगाउन थालिएको हो । प्याङ्ग्री लहरा नियन्त्रण क्रमिक रुपमा बढ्दै गएको फरेष्ट एक्सन नेपालका […]

भिरालो पाखोमा गरिएको अम्रिसो खेती किसानको आयआर्जनको बलियो स्रोत

गलेश्वर । म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो पाखो वा खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य बढ्दै गएपछि यहाँका किसानमा उत्साह थपिएको छ । दुई वर्षअघि प्रतिकिलो रू. ४० का दरले मुस्किलले विक्री हुने गरेको अम्रिसो अहिले प्रतिकिलो रू. १२५ मा विक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन् । यसको मूल्यमा घटबढ भइरहे पनि यो वर्ष प्रतिकिलो रू. १०० देखि रू. १२५ सम्ममा किसानबाट व्यवसायीले खरीद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएका यामबहादुर सापकोटाले प्रतिकिलो रू. १२५ सम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा गरेका छन् । उनी बेनी, बागलुङ र पोखरासम्म पुर्‍याएर अम्रिसो बेच्ने गर्छन् । यस वर्ष अम्रिसोको मूल्य केही बढ्न सक्ने अनुमान गरेको सापकोटा बताउँछन् । अम्रिसो पोखरासम्म पुर्‍याउँदा गत वर्ष रू. १४० मा विक्री गरेका उनले यस वर्ष भने रू. १६० सम्ममा विक्री हुने अनुमान गरेका छन् । पछिल्लो समय भारतमा अम्रिसोको माग बढेपछि मूल्य वृद्धि भएको व्यवसायीहरूको भनाइ छ । कुनै समय विक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिकरूपमै खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा विक्री गर्दै आएका छन् । बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह थपिएको छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखो जमीनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो । गुणस्तरीय जीवन विषयमा विधावारिधि गरेका डा. माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो । यसको अंग्रजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो । ग्रेमिनी-पोएसी वानस्पतिक परिवारमा पर्ने यो बहुवर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुने गर्छ । यसका पातहरू ३० सेन्टिमिटरसम्म लामो र पाँच सेन्टिमिटर चौडा हुन्छन् । यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन् । मुख्यतः यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिने भएकाले यसको महत्त्व बढेको हो ।  बिरुवा रोपेको आठ महिनादेखि नै यसले उत्पादन दिन सुरु गर्छ । प्रायः कुचो बनाउनका लागि अम्रिसोको प्रयोग गरिए पनि कागज कारखानामा कच्चापदार्थका रूपमा, गाईवस्तुका लागि डालेघाँस, बायो इञ्जिनीयरिङका लागि माटो तथा जलसंरक्षण गर्ने क्षेत्रमा पनि प्रयोग हुन्छ । अम्रिसोको बिरुवा वर्षाका बेला रोप्नु उपयुक्त हुन्छ । बिरुवा रोपिसकेपछि यसलाई अरू बालीजस्तो नियमित सिँचाइ वा स्याहारसम्भारको आवश्यकता पर्दैन । एकपटक रोपिसकेपछि आफैं राम्रोसँग हुर्कन सक्ने अम्रिसो रोपेको एक महिनापछि एकपटक र त्यसको पहिलो वर्ष थप दुई पटकसम्म गोडमेल गरेमा राम्ररी सप्रन सक्छ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सके अम्रिसोबाट छ देखि १० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ । अम्रिसोको बाली संकलन भनेको यसको फूलको गुच्छा टिप्ने हो । बीउ परिपक्व भएपछि गुच्छा संकलन गर्दा बीउ भुइँमा झरी पुनः उत्पादनमा पनि सघाउ पुग्छ । साधारणतया माघ-फागुनमा गुच्छासहितको डाँठ काटेर संकलन गरिन्छ र घामको प्रकृति हेरी चारदेखि सात दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने वन डिभिजन कार्यालयका वन तथा वातावरण विज्ञ चन्द्रमणि सापकोटा बताउँछन् । -रासस

किसानको आम्दानी श्रोत बन्दै अम्रिसो

छथर गाउँपालिका २ तेह्रथुमकी लिलामाया लिम्बुले १ सय २० किलो अम्रिसोको फूल बेचिन् । उनले उत्पादन गरेको अम्रिसो घरैबाट १ सय रुपैयाँ प्रतिकिलो बिक्री गरेर १२ हजार रुपैयाँ आम्दानी गरिन् । लिलामाया जस्तै दिलकुमारी लिम्बुले यस वर्ष मात्रै १ सय ५० किलो अम्रिसो बिक्रीबाट १५ हजार आम्दानी लिएकी छिन् । “कुनै वर्ष अम्रिसो बिक्री नहुँदा […]

अम्रिसो खेतीले पर्यटनको केन्द्र बन्यो पाल्पाको काउँले डाँडा

पाल्पाको निस्दी गाउँपालिकास्थित काउले डांँडा गाउँमा वार्षिक दुई करोडको कुचो (अम्रिसाको कुुचो) उत्पादन हुने गरेको छ । निस्दी गाउँपालिका–३, झिरुबासको काउले डाँडाबासीको जीवनस्तर नै अम्रिसो खेतीले फेरिदिएको छ । यहाँको २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसो खेतीबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान बदलिएको छ । गत आर्थिक वर्षमा कुचो बेचेर यहाँका बासिन्दाले २ करोड रकम आम्दानी लिन सफल भएको र यसवर्ष पनि त्योभन्दा कम नहुने स्थानीय रामबहादुर पाटाले बताउँछन् । पछिल्लो समय काउले डाँडाक

अम्रिसो उत्पादनमा वृद्धि, उचित मूल्य नपाउँदा कृषक मर्कामा

काठमाडौँ,१८ कार्तिक । उदयपुरको मध्यपूर्वी पहाडी क्षेत्रमा केही वर्षयता कृषकले अम्रिसो उत्पादनमा जोड दिएका छन् । उनीहरुले पर्याप्त मात्रामा अम्रिसो उत्पादन गर्दैआएका छन् । अम्रिसोको कुचोले उचित मूल्य नपाउँदा भने कृषक मर्कामा परेका छन् । त्रियुगा नगरपालिकाका साउने, खाँबु, रौता, मलबासे, मुर्कुची, क्षेत्रका कृषकले व्यावसायिकरूपमा अम्रिसो उत्पादन गर्दैआएका छन् । उनीहरुले बर्सेनि अम्रिसो उत्पदान बढाउँदै […]

आम्दानीको बलियो स्रोत बन्दै अम्रिसो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्यो । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरि चामल कहाँबाट ल्याउने भन्ने पिर उनलाई छैन ।अम्रिसो खेतीबाट आएको आम्दानीले चामल खरिद गरेर वर्षभरि खान पुग्ने भएको छ । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखैपाखो छ, लगाएको धान