पाल्पाको निस्दी गाउँपालिकास्थित काउले डांँडा गाउँमा वार्षिक दुई करोडको कुचो (अम्रिसाको कुुचो) उत्पादन हुने गरेको छ । निस्दी गाउँपालिका–३, झिरुबासको काउले डाँडाबासीको जीवनस्तर नै अम्रिसो खेतीले फेरिदिएको छ । यहाँको २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसो खेतीबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान बदलिएको छ । गत आर्थिक वर्षमा कुचो बेचेर यहाँका बासिन्दाले २ करोड रकम आम्दानी लिन सफल भएको र यसवर्ष पनि त्योभन्दा कम नहुने स्थानीय रामबहादुर पाटाले बताउँछन् । पछिल्लो समय काउले डाँडाक