काेभिडविरुद्धको अतिरिक्त खाेप कार्यक्रम स्थगित

काठमाडौं । सरकारले आजदेखि दिने भनिएकाे काेभिड १९ विरुद्धको अतिरिक्त डाेज खाेप कार्यक्रम स्थगित गरेकाे छ । सबै नागरिकलाई पूरा मात्रा खाेप चाँडै उपलब्ध गराउने भन्दै हाललाई अतिरिक्त खाेप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा थप प्राविधिक विषयमा छलफल गरेर माघ महिनादेखि यसबारे जानकारी गराउने भनिएको...

सम्बन्धित सामग्री

टेकु अस्पतालमा भाेलिदेखि खाेप अभियान फेरि सञ्चालनमा आउने

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान भोलि मङ्गलवारदेखि फेरि सञ्चालनमा आउने भएको छ । अस्पतालले आज साेमवार विज्ञप्ति निकालेर भाेलिदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएपछि टेकुमा हिजाे आइतवारदेखि खोप कार्यक्रम स्थगित गरिएको थियो । काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौबाट जनशक्ति व्यवस्थापन  हुने भएकाले भोलि बिहान १० बजेदेखि फेरि&nb...

संक्रमणले सेवा प्रभावित, टेकु अस्पतालमा खाेप कार्यक्रम स्थगित

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी एकै पटक कोरोना संक्रमित भए पछि अस्पतालको सेवा प्रभावित भएको छ। अस्पतालमा बिरामीको उपचार तथा कोरोनाविरुद्धको खोप लगाउने क्रममा एकै पटक ५० जना स्वास्थ्यकर्मी संक्रमित भए पछि हाललाई त्यहाँबाट लगाइँदै आएको खोप कार्यक्रम माघ १६ गते सम्म स्थगित गरिएको अस्पतालले जनाएको छ।

कोरोनाविरुद्धको ‘अतिरिक्त मात्रा’ खाेप स्थगित, माघबाट सुरु हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सुचना जारी गर्दै लक्षित वर्गका लागि दिने भनिएको थप मात्रा कार्यक्रम स्थगित भएको जनाएको छ।

बूढानीलकण्ठ नगरपालिकामा ६० देखि ६४ वर्षका नागरिकलाई आज खोप लगाइने

काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले स्थगित खोप कार्यक्रम आज फेरि सुरु गर्ने भएको छ । सीमित खोप आएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई आज फेरि खोप लगाइने नगरपालिकाले जनाएको छ । खोप बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै दिइनेछ  । खोपका लागि उमेर खुल्ने सरकारी कागजात लिइ खाेप केन्द्रमा जान र लक्षित समूहबाहेकलाई खोप लगाउन नजान पनि नगरपालिकाले आग्रह गरेको  छ ।  स्वास्थ्य मन्त्रालयले थप पाँच सय डोज उपलब्ध गराएकाले आज प्राप्त खोप लगाउन लागिएको नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले ...

काठमाडौंका ६० र ६१ वर्षका नागरिकले पाएनन् भेराेसेल खोप

काठमाडौं । सरकारले खाेप उपलब्ध गराउन नसकेपछि काठमाडाैं महागनरकाे खाेप कार्यक्रम स्थगित भएकाे छ । जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि दिइँदै आएको कोभिड विरुद्धको चिनियाँ भेरोसेल खोप भोलिबाट स्थगित भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार जेठ २६ गते ६३ वर्षका, जेठ २७ गते ६२ वर्षका नागरिकलाई खाेप दिइसकिएकाे छ ।भाेलि अर्थात् जेठ...