टेकु अस्पतालमा भाेलिदेखि खाेप अभियान फेरि सञ्चालनमा आउने

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान भोलि मङ्गलवारदेखि फेरि सञ्चालनमा आउने भएको छ । अस्पतालले आज साेमवार विज्ञप्ति निकालेर भाेलिदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएपछि टेकुमा हिजाे आइतवारदेखि खोप कार्यक्रम स्थगित गरिएको थियो । काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौबाट जनशक्ति व्यवस्थापन  हुने भएकाले भोलि बिहान १० बजेदेखि फेरि&nb...