प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रङ्गशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । रङ्गशालामा आजदेखि सुरु छैटौँ झापा गोल्डकप उद्घाटन गर्दै उनले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र हुनसक्ने भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको बराबरी दायित्व भएको बताए । दाताले दिएको करिब १४ बिघा जग्गा हडप्ने चलखेल हुँदा बिर्तामोडको मध्यभागमा रहेको रङ्गशालामा पूर्वाधार …
काठमाडौँ– बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले कृषि नेपालको मुख्य संस्कृति हुनुपर्ने बताएका छन्। खाद्यका लागि कृषि अभियानले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सुझाव दिने उद्देश्यले छलफल गर्न आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। विधेयक वाग्मती प्रदेश सभामा विचाराधीन रहेको अवस्थामा छलफल भएको उक्त कार्यक्रममा बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठक र […]
लुम्बिनी – सभामुख देवराज घिमिरेले युवाहरुको अन्तर्निहित प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति बस्न सक्ने गरी व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले पछिल्लो समयमा युवा पुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियानको विकास भएको भन्दै यसको लागि सरकारी निकायबाट पनि युवा पुस्ता पलायन रोक्नको लागि कदम चाल्नुपर्ने धारणा राखे । नेपाल जेसीजको ५०औँ […]
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन्। सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन्। पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ। आइतबार मात्रै बसेको प्रतिनि
सभामुख र उपसभामुख बन्न सांसद हुनुपर्छ। तर, जब कुनै पार्टीको सांसद सभामुख वा उपसभामुख निर्वाचित हुन्छ तब तत्कालै दलीय आवद्धताबाट अलग हुनुपर्छ। संसद्को साझा नेता बन्नुपर्छ। संघीय संसद्देखि प्रदेशसभाको अभ्यास र परम्परा यही हो। तर, मधेस प्रदेशकी उपसभामुखले भने यस व्यवस्थाको उल्लंघन गरेकी छन्।मधेस प्रदेशकी उपसभामुख उपमा देव जसपाको केन्द्रीय समितिमा बसेकी छन्। वीरगन्जमा सम्पन्न जसपाको केन्द्रीय कार्यसमितिको निर्णयलाई आइतबार जारी गरिएको परिपत्रमा देवको नाम केन्द्रीय सदस्यको ६७ नम्बरमा राखिएको छ।संघीय प
नेकपा एमालेले सत्ता गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले नदिने बताएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया सहभागी हुँदै एमाले सांसद शान्ता चौधरीले संवैधानिक व्यवस्थाको हिसावले पनि उपसभामुख प्रतिपक्ष दललाई दिनुपर्ने बताइन् ।उनले भनिन्– ‘नेपालको संविधानको धारा ९१ अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनेगरी गर्नुपर्छ र फरक फरक दलको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ । हाल गठबन्धन दलको सरकार चलेको अवस्
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन्।आज विहान संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक विमोचन गदै सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए। ‘दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ। यही सदनबाट पास गर्नुपर्छ। आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ’, उनले भने, ‘प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो। स
सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी)बारे राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्दा राम्रो हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले एमसिसीको बहस जनताको तहमा गइसकेकाले राष्ट्रिय सहमतिका आधारमा मात्र छिनोफानो गर्दा राम्रो हुने धारणा व्यक्त गरे । उनले भने, “दलभित्रको कार्यदलको प्रतिवेदनमा सहमति बनाउनुपर्छ, कम्तीमा पनि संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय सहमति हुनुपर्छ, यस विषयमा गठबन्धन सरकारले गम्भीरतापूर्ण सोच