के चाहिँ फरक छ र दलित र गैरदलित कहलिएको मान्छे मान्छेबीचमा। श्वासनली एउटै छ, रक्तनली एउटै छ, रगतको रङ एउटै छ, नाकको ठाउँमा नाक छ, आँखाको ठाउँमा आँखा छ, कानको ठाउँमा कान छ , हात गोडा एउटै छ र सबैभन्दा ठूलो कुरा मान्छे जन्माउने वीर्य र भ्रूण पनि एउटै छ। अब भन्नुस् भ्रूणको के जात हुन्छ? वीर्यको के जात हुन्छ?