काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केेपी शर्मा ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाउनुभएको छ ।यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निलम्बन गर्नुभएको हो । निलम्बन गरिएकोबारे पत्रमा लेखिएको छ, ‘तप...