धनगढी : सुदूरपश्चिममा नेकपा एमालेका उपाध्यक्ष डा भीम रावल र अर्का नेता लेखराज भट्टको प्रभाव झन् झन् कमजोर बन्दै गएको छ।यसअघि सुदूरपश्चिममा बलियो पकड भएका नेताद्वय रावल र भट्टको शक्ति पछिल्लो समय घट्दै गएको हो।नेताद्वयबीच आपसी टकराव र बदलिँदो राजनीतिक उतारचढावले दुवैको पकड घट्दै गएको बताइन्छ।यी दुई नेतालाई पछिल्लो फेरिँदो राजनीतिक परिस्थितिले त्याग गर्न बाध्य बनायो। लेखराज भट्टले माओवादी केन्द्र छाडे भने भीम रावलले माधवकुमार नेपाल।पार्टी र गुटको साथ छाडेकै कारण रावल र भट्ट सुदूरपश्चिममा एक्लिएको