चाडपर्वमा चिनी अभाव र मूल्य बढ्न सक्ने

काठमाडौं । मुख्य चाडपर्व नजिकिँदै गर्दा चिनीको अभाव हुन सक्ने देखिएको छ । अर्थ मन्त्रालयले समयमै चिनी आयात गर्न स्वीकृति नदिएमा चाडपर्वमा चिनी अभाव हुने र उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुनुपर्ने अवस्था आउन लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई चिनी आयात गर्न...

सम्बन्धित सामग्री

चिनीको कृत्रिम अभाव देखाएर मूल्यमा निरन्तर ठगी

उखुको समर्थन मूल्य तोकिएसँगै अब उत्पादनका आधारमा चिनीको मूल्य निर्धारण गर्छौँ ः उद्योग मन्त्रालय बजारमा चिनी अभाव हुन थालेको करिब चार महिना बितिसक्दा पनि आपूर्तिमा सहजता आएको छैन । व्यवसायीहरूले गरेको कृत्रिम...

तिहारमा पनि चिनी अभाव हुने निश्चित

काठमाडौं : सरकारले चाडपर्वलाई लक्ष्य गरी भन्सार छुटमा खरिद गर्ने भनेको चिनी नआउने निश्चित भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, कर्पोरेसन र खाद्य कम्पनीले दशैँअगाडि चिनी खरिद गर्न ग्लोबल टेण्डर गरेका थिए। तर मूल्य अत्यध

बजारमा चिनी अभाव, थप आयात हुन सकेन : कालोबजारी गर्नेलाई कारबाही भएन

काठमाण्डाै - बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो । कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको र थप चिनी आयातका लागि प्रक्रिया अगाडि बढिसकेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दाबी थियो । तर, दाबी गरिएअनुसार चिनीको आयात हुन सकेको छैन भने कालोबजारी गर्नेलाई पनि कारबाही भएको छैन । व्यापारीले मौज्दात भएका चिनी लुकाउँदा बजारमा अहिले चिनीको अभाव भएको हो । धेरैजसो ठाउँमा अहिले चिनी पाइँदैन । चाडपर्वलाई लक्षित गरी सञ्चालन ग...

चिनीमा कालोबजारी, किलोको १६० सम्म

काठमाडौं– नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं र तिहारको मुखमा चिनी हाहाकार भएको छ । बजारमा अभाव हुँदा सरकारले उपलब्ध गराउने दुई किलो चिनीका लागि उपभोक्ताले दुई घण्टा लाइन बस्नुपरेको छ । पछिल्लो समय बजारमा चिनी अभाव देखाएर व्यापारीले मूल्य बढाएका छन् । अहिले खुद्रा पसलमा प्रतिकिलो १५०-१६० रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको छ । त्यो पनि […]

बजारमा चिनी अभाव

काठमाडौं । दशैं नजिकिँदै गर्दा बजारमा जताततै चिनीको कृत्रिम अभाव चुलिएको छ । सामान्य अवस्थामा भन्दा धेरै चिनी खपत हुने समयमा सहुलियतको चिनी आयात र विक्रीवितरण गर्ने जिम्मा पाएका सरकारी कम्पनीसँग चिनी छैन । दशैंअघि सरकारी अनुदानको चिनी आउने सम्भावना पनि छैन ।  सरकारसँग चिनी नभएको मौका छोपेर व्यापारीले कृत्रिम अभाव गराई जथाभावी मूल्यवृद्धि गरेका छन् । केही दिनअघिसम्म प्रतिकिलो १ सय ३० रुपैयाँ खुद्रा मूल्य तोकेको खुद्रा व्यापार संघले अहिले चिनीको मूल्य नै तोक्न छोडेको जानकारी दिएको छ । संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला व्यापारीले चिनीको कृत्रिम अभाव गराएर खुद्रा व्यापारीलाई दिनै छाडेपछि संघले चिनीको मूल्य नतोकेको बताए । ‘हामीसँग पनि चिनी छैन । कोही व्यापारीले पहिले नै किनेको चिनी बचेको छ भने उसले बेचिरहेको छ । ठूला व्यापारीले हामीलाई चिनी दिँदैनन् भने मूल्य मात्रै तोकेर पनि के गर्ने ?’ उनले भने । संघले मूल्य नतोकेपछि बजारमा चिनीको भाउमा झन् अराजकता सृजना भएको छ । पसलेहरूले मनोमानी रूपमा १ सय ३५ देखि १ सय ४० रुपैयाँ किलोसम्म मूल्य राखेर चिनी विक्री गरिरहेको पाइएको छ । बिहीवार काठमाडौंको असनमा चिनी किन्न आएका सुरेश शर्माले ४–५ ओटा पसल चाहारेर बल्लबल्ल १ सय ४० रुपैयाँ किलोमा एक किलो किनेको किनेको बताए । बजारमा चिनीको कृत्रिम अभाव भएर मूल्यमा अराजकता सृजना भइरहँदा सरकारी अनुदानको चिनी दशैंअघि आउने सम्भावना निकै न्यून रहेको सरोकारवाला बताउँछन् । बजारको अराजकतालाई नियन्त्रण गर्न सरकारले गत साउन ५ मा जीटूजी प्रक्रियामार्फत भारतबाट ५० हजार टन चिनी आयात गर्न कूटनीतिक पहल गरे पनि भारतीय पक्षबाट हालसम्म त्यसको कुनै प्रतिक्रिया नआएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताए । उनका अनुसार भारतीय पक्षले अहिलेसम्म त्यसमा कुनै चासो नदेखाएका कारण दशैंअघि जीटूजीमार्फत चिनी आउने कुरा अनिश्चित जस्तै छ । यसबाहेक चाडबाडलाई लक्ष्य गर्दै मन्त्रालयले भन्सार छूटमा ६० हजार टन चिनी आयात गर्न गरेको प्रस्तावमा अर्थ मन्त्रालयले भदौ अन्तिम साता २० हजार टनको अनुमति दिएको थियो । भन्सार महशुलमा ५० प्रतिशत छूट दिने निर्णयअनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्ने निर्णय भएको छ । यी दुवै संस्थाले आयात गर्ने भनिएको चिनी पनि दशैंअघि नै आयात हुने सम्भावना निकै न्यून रहेको बताइएको छ ।  व्यापारीले गरे जथाभावी मूल्यवृद्धि   दशैंसम्म सहुलियतको चिनी आउने सम्भावना न्यून खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले दिएको जानकारीअनुसार कम्पनीले चिनी किन्नका लागि असोज १० मा ४५ दिने ग्लोबल बोलपत्र आह्वान गरेको छ । तर, दशैं शुरू हुन अब १० दिनमात्रै बाँकी छ । यस हिसाबले दशैंअघि सहुलियतको चिनी नआउने पक्का छ । ‘हामीले अहिलेको यो अवस्था आउन नदिन आपूर्ति मन्त्रालयमार्फत बेलैमा चिनी खरीदका लागि अर्थ मन्त्रालयसँग अनुमति माग गरेका थियौं । तर, अर्थले ढिलोगरी अनुमति दिँदा चाहेर पनि हामीले दशैंअघि चिनी ल्याउन नसक्ने भयौं,’ उनले आर्थिक अभियानसँग भनिन् । अर्थले ढिलो गरी खरीद अनुमति दिएपछि फास्ट ट्र्याकमार्फत चिनी आयात गरी दशैंअघि नै ल्याउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशनले १५ दिने सूचना जारी गरी बोलपत्र आह्वान गरेको थियो । सोको म्याद शनिवार सकिँदै छ । तर पनि दशैंअघि चिनी आउने/नआउने अन्योल कायमै रहेको साल्ट टे्रडिङका अधिकारी बताउँछन् । साल्ट टे्रडिङका विभागीय प्रमुख व्रजेश झाले दशैं आउन अब १० दिन मात्रै बाँकी रहेकाले दशैंअघि सहुलियतको चिनी आउने/नआउनेबारे अहिले नै केहि भन्न नसकिने बताए । ‘टेन्डर कसलाई पर्छ भन्ने कुरामा पनि भर पर्छ । भारतीय कम्पनीलाई टेन्डर परे त १ दिनमै पनि चिनी आउँछ । टेन्डर नै नपर्न पनि सक्छ अहिले नै केही भन्न सकिने अवस्था छैन । हामीले प्रयास गर्ने हो तर आउँछ नै भनेर ग्यारेन्टी गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

चाडपर्वमा चिनी अभाव नहुने

नेपालीका ठुला चाडपर्व (दसैँतिहार र छठ) मा चिनी अभाव नहुुने सरकारले जनाएको छ । बजारमा लगभग ५० हजार टन चिनी मौज्दात रहेकाले तत्कालै चिनीको अभाव नहुने बताइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा गठित तीन सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनमा सोबारेमा उल्लेख गरिएको हो ।

ठूला चाडपर्व नजिकिँदै गर्दा कालोबजारी बढ्यो, कहिले खुल्छ सहुलियत पसल?

काठमाडौं : सरकारले कडाइका साथ बजार अनुगमन नगर्दा ठूला चाडपर्वको मुखमा चिनी अभाव हुन थालेको छ। चिनीको कालोबजारी हुन थालेपछि उपभोक्ता मारमा परेका छन्।बजारमा चिनीको मूल्य पनि आकासिएको छ। माइतीघर मण्डला चोकमा रहेको गंगा स्टोरका सञ्चालक निरज राना मगरले अहिले बजारमा चिनी अभाव भएको बताए। उनका अनुसार केही हप्ताअघिदेखि चिनी पाउन समस्या भएको छ।‘कालीमाटी लगायत बजारमा चिनी लुकाउन खोजेका छन्। त्यही भएर अहिले अभाव छ’,उनले भने। उनका अनुसार अहिले चिनी प्रतिकेजी १२२ देखि १५० रुपैयाँँसम्म बि

सुरु भए चाडपर्व, महँगियो चिनी

काठमाडौं– नेपालमा चाडपर्वका बेला चिनीको उपभोग बढ्ने मौका छोपेर व्यवसायीहरुले यसको मूल्य बढाउनु परम्पराजस्तै बनेको छ । विगतका वर्षहरुमा चाडपर्व अघि चिनी अभाव देखाएर व्यवसायीहरुले मूल्य बढाउँदै आएका थिए । व्यवसायीहरुले यो वर्ष पनि परम्परा धानेका छन् । अर्थात् चाडपर्व सुरु भएपछि चिनीको मूल्य एक सातामै प्रतिकिलो २० रुपैयाँसम्म बढाइएको छ । खुद्रा व्यापारीहरुका अनुसार […]

चिनी अभाव नहुने

काठमाडौँ,३ असार । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ । चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल […]

चाडपर्वमा चिनी अभाव हुँदैनः विभाग

खुद्रा बजारमा चिनीको मूल्य ९० रुपैयाँभन्दा माथि नजाने व्यवसायीहरूले बताएका छन्।