सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गर्ने विद्यार्थीले पनि निःशुल्क पाठ्यपुस्तक पाउने भएका छन् । जनक शिक्षा सामग्री केन्द्रले अंग्रेजी माध्यमको पाठ्यपुस्तक छपाइ सुरु भएकाले जेठ मसान्तसम्म विद्यार्थीलाई उपलब्ध गराउने जनाएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले अंग्रेजी माध्यमको पुस्तकको छपाइ प्रति तयार गरेर जनक शिक्षालाई उपलब्ध गराएको जनाए ।