प्रतिनिधि सभाको बैठक आज : नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी

काठमाण्डाै - राष्ट्रिय सभाबाट अस्ति हुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रवार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो । यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता...

सम्बन्धित सामग्री

नागरिकता विधेयक पारित गर्न बोलाइएको संसद् बैठक जारी

संघीय संसद प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताक

नागरिकता विधेयक आजै पारित हुने सम्भावना, प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दै

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता गरेको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने सम्भावना छ । आजको प्रतिनिधि सभाको बैठकबाट विधेयक पारित गर्ने तयारी भएको हो । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ । प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नुहुनेछ । सभामुख अग्निप्रसाद सापकोटाले गएको साउन...

संसद् बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ ।आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको छ । संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि सं

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक आज संसदलाई जानकारी गराइँदै

३१ साउन, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराइँदै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक सन्देशसहित […]

प्रतिनिधि सभाको बैठक बस्दै, नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाइँदै

काठमाडौं, साउन ६ । सरकारले आज प्रतिनिधि सभामा नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाउने भएको छ। यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गर्ने तयारी गरेको हो। संसद सचिवालयले आज दिउँसो १ बजेका लागि डाकेको प्रतिनिधि सभाको बैठकका लागि सार्वजनिक सम्भावित कार्यसूची सार्वजनिक गर्दै ‘नेपाल […]

प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौँ – संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आज शुक्रबार दिउँसो १ बजे बस्न लागको सो बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै छ। बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव जारी रहने, सभामुख अग्निप्रसाद सापकोटाले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने […]

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । साथै हिजोकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु हुन

नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गर्ने सरकारको तयारी

प्रतिनिधि सभाको बैठक आज  पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा सरकारले नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन)  विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। साथै खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले