नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गर्ने सरकारको तयारी

प्रतिनिधि सभाको बैठक आज  पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा सरकारले नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन)  विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। साथै खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले

सम्बन्धित सामग्री

संसदबाट नागरिकता विधेयक फिर्ता लिने सरकारको तयारी

काठमाडौं : सरकारले संसदबाट आज नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। सोही अनुसार आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। हिजो पनि संभावित कार्यसूचीमा रहेको विधेयक फिर्ता लिने विषय अन्तिममा कार्यसूचीबाट हटाइएको थियो। २०७५ सालमा संसदमा पेश भएक

नागरिकता विधेयक फिर्ता लिएर संसदमा आजै अर्को विधेयक पेश गर्ने सरकारको तयारी

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयक पेश हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ। त्यसपछि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेश गर्नेछन्। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले रेल्वे विधेयक, २०७९ माथ