काठमाण्डाै - प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकको शून्य समयमा अहिले सांसदहरुले आफ्नो धारणा राख्दै छन् ।
आजको बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै सङ्घीय संसदमा फिर्ता पठाएको नागरिकता विधेयक पारित गर्ने सम्भावना छ ।
संसद् बैठक अघि नागरिकता विधेयकमा सहमति खोज्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुट्न सकेन ।
सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्न बोलाउनु भएको कार्यव्यवस्था समितिको बैठकमा सत्तारुढ दलका प्रतिनिधिले तत्काल पारित गर्नुपर्ने र फेर...