अविरल वर्षाका कारण देशका विभिन्न सडकहरू अवरुद्ध हुन पुगेका छन् । यसै क्रममा पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा अहिले ठूलो बाढी आएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाइभर्सन बाढीले बगाएको हो । बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरू ठ