गएरातिदेखि काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाभित्रका नदीहरूमा पानीको बहाब बढेको छ । मौसम पूर्वानुमान महाशाखाले थप वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । बागमती, विष्णुमतीलगायतका नदीहरूमा बाढी...