सार्वजनिक जग्गामा बनेका संचरनामा डोजर चलाइँदै

म्याग्दी : बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना डोजर लगाएर हटाउन सुरु गरेको छ। बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो। शुक्रवार बेनी नगरपालिका– ८ मा पर्ने काली पुलको बसपार्क क्षेत्रमा निर्माणाधीन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको हो।काली पुल बसपार्कलाई विस्तार र निर्माणका लागि सञ्चालन भएको पूर्वाधार योजनालाई पूर्णता दिन अव्यवस्थित रूपमा रहेको टिकट काउन्टर, सार्वजनिक शौचालय र भवन

सम्बन्धित सामग्री

सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका संरचना डोजर प्रयोग गरी हटाएको छ।

कांग्रेस नेताको दाइले अतिक्रमण गरेको जग्गामा महानगरको डोजर लागेन

काठमाडौं, १४ माघ । नेपाली कांग्रेस काठमाडौं १० का नेता मधुसुदन अधिकारीका दाइले अतिक्रमण गरेको सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाको डोजर नलागेको पाइएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको सरकारी जग्गा हडप्ने अधिकारीको कम्पाउण्डवालमा महानगरको डोजर नलागेपछि वडाका जनप्रतिनिधिहरुको भूमिकामाथि प्रश्न उठेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसहितको टोलीले वडा कार्यालयसँगै […]

डोजर चलाएको भन्दै अनामनगरका स्थानीयद्वारा महानगरको विरोध

काठमाडौं : अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन्।सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो।एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्। स्थानीयहरुबीच नै

ऐलानी जग्गाका घरटहरामा नगरपालिकाको डोजर (तस्वीरसहित)

सल्यान : सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर लगाएर भत्काएको छ। आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका-१ श्रीनगरस्थित बसपार्क क्षेत्रका अनधिकृत घरटहरामा सोमबार नगरपालिकाले डोजर लगाएर भत्काएको हो।नगरपालिकाले श्रीनगर बजारनजिक रहेका सरकारी पर्ती‚ ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका १ सय ५० भन्दा बढी घरटहरा हटाइएको जनाएको छ।पहिलो चरणमा ३५ रोपनीमा बनाइएको घरटहरामा डोजर चलेको मेयर प्रकाश भण्डारीले जानकारी दिए। मंसि

म्याग्दीमा सार्वजनिक जग्गामा बनेका संरचनामाथि चल्याे डोजर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना शुक्रवारदेखि डोजर लगाएर हटाउन सुरु गरेको छ । बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । बेनी नगरपालिका– ८ मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको हो । कालीपुल बसपार्कलाई विस्तार […]

अनामनगरका अवैध संरचनामा  महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सर्वसाधारणले सार्वजनिक जग्गामा बनाएको अवैध घरटहरामा डोजर चलाएको छ । नगर प्रहरी, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको सहभागितामा बुधबार ती पक्की र कच्ची संरचना भत्काइएको हो । धोबीखोला...

बालाजु क्षेत्रमा पनि चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजु क्षेत्रमा डोजर चलाएको छ । सरकारी जग्गामा बनाइएका अवैध संरचनामा महानगरले डोजर चलाएको हो । महानगरको अल्टिमेटम अटेर गर्ने व्यापारीहरूले बनाएका अवैध संरचनामा डोजर चलाइएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।उनकाअनुसार अवैध टहरा, आगन, पाली, बार्दली भत्काइएको हो । महानगरले यसअघि आजै सोह्रखुट्टे क्षेत्रमा पनि डोजर चलाएको थियो ।

पोखरा महानगरले भत्कायो सार्वजनिक जग्गामा बनेका सटर

कास्की : पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा डोजर चलाएर आफ्ना स्वामित्वमा रहेका सटर तथा घरहरू भत्काएको छ।महानगरपालिकाले आम्दानीको स्रोतका रूपमा महेन्द्रपुलको सार्वजनिक जग्गामा बनेका सटरलाई लिँदै आएको थियो। सार्वजनिक जग्गामा महानगरपालिकाले नै सटर बनाएर भाडामा लगाएको थियो। महानगरपालिकाले  त्यस्तै सटरहरू राष्ट्र बैङ्क चोक, जिल्ला मालपोत कार्यालय कास्कीको अगाडिको भाग लगायतका सार्वजनिक जग्गामा पनि निर्माण गरेको छ।सटर भाडामा लिएकाहरूबाट महानगरपालिकाले भाडा नै उठाउन