होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले भारतीय बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । होण्डाले ‘अर्वान एड्भान्स स्कुटर’ नारा दिएर ग्रेजा स्कुटर सार्वजनिक गरेको हो । ग्रेजा होण्डाले सार्वजनिक गरेको यो वर्षको तेस्रो मोडल स्कुटर हो । भि–सेप हेडलाईटमा उपलब्ध यो स्कुटरमा सबै लाइटहरु एलइडी प्रयोग गरिएको कम्पनीले जनाएको छ ।