चेक बाउन्स गरेकाे आराेपमा वडा अध्यक्ष पक्राउ

धनगढी – चेक बाउन्स गरेकाे आराेपमा धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। चेक बाउन्स गरेकाे मुद्दामा कैलाली जिल्ला अदालतले वडाअध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ। वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन पत्र आएको र प्रहरीले नियन्त्रणमा लिएको […]