एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । संसद भवन बानेश्वरमा पुगेर सञ्चारकर्मी समक्ष उनले राजीनामा पत्र पढेर सुनाएका थिए ।
नेपालको राजनीतिक नेतृत्वले नेपाल र नेपालीको शिर निहुराउने काम गरेको रावलले आरोप लगाएका छन् ।
राजनीतिक तहमा देखिएको विवाद समाधान गर्न प्रशस्त मेहनत गरेको भए पनि आफू त्यसमा सफल हुन नसकेको उनले बताए । ‘उच्च राजनीतिक तहमा देखिएको अहम्, प्रतिशोधले दिक्दार भएको छु । विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ,’ ...