काठमाडौं।एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताएका छन्।आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताए।उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरेका छन्।