काठमाण्डाै – नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताउनुभएको छ ।
आज आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयाे, ‘यो त नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलबाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो । संसदमा त नेपाली जनताले आफ्नो निर्वाचित जनप्रति...