बैंक/बीमामा काम गर्नेको संख्या डेढ लाखभन्दा बढी, झन्डै ५० प्रतिशत कर्मचारी बागमती प्रदेशमा

काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांक अनुसार नेपालमा आर्थिक रूपले सक्रिय १० वर्ष वा सोभन्दा बढी उमेर भएको जनसंख्या पनि एक महत्वपूर्ण पाटोको रूपमा रहिआएको छ । नेपालको जनगणना २०७८ का अनुसार नेपालमा यस उमेर समूहको आर्थिक रूपले सक्रिय जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१० रहेको छ । उक्त जनसंख्यामध्ये १ दशमलव शून्य ९ प्रतिशत (१ लाख ६३ हजार ७४६) को प्रमुख पेशाको रूपमा वित्तीय र बीमा पेशा रहेको छ । कुल पुरुषमा १ दशमलव १४ प्रतिशत (९० हजार १२२) वित्तीय र बीमा पेशामा आबद्ध रहेको पाइन्छ भने कुल महिलामध्ये १ दशमलव शून्य ४ प्रतिशत (७३ हजार ६२४) महिला यो पेशामा आबद्ध रहेको पाइन्छ । शहरमा वित्तीय र बीमा पेशामा आबद्ध जनसंख्याको हिस्सा १ दशमलव ५० प्रतिशत रहेको छ भने यो हिस्सा गाउँपालिकामा शून्य दशमलव ३७ प्रतिशत रहेको छ । हिमालमा वित्तीय र बीमा पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव ४२ प्रतिशत, पहाडमा १ दशमलव ४६ प्रतिशत र तराईमा शून्य दशमलव ८७ प्रतिशत रहेको छ ।  प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा २ दशमलव ३५ प्रतिशत अर्थात ७६ हजार ३५८ जनसंख्या यो पेशमा आवद्ध छन् । यो भनेको कुल बैंक तथा बीमा पेशामा आवद्ध संख्याको ४६ दशमलव ६३ प्रतिशत हो । कोशी प्रदेशमा वित्तीय र बीमा पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव ८७ प्रतिशत, मधेश प्रदेशमा शून्य दशमलव ६१ प्रतिशत, गण्डकी प्रदेशमा १ दशमलव २० प्रतिशत र लुम्बिनी प्रदेशमा शून्य दशमलव ७३ प्रतिशत जनसंख्या यो पेशामा आवद्ध रहेको छ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा वित्तीय र बीमा पेशामा आबद्ध जनसंख्याको हिस्सा क्रमशः शून्य दशमलव ४६ प्रतिशत र शून्य दशमलव ५३ प्रतिशत छ ।    

सम्बन्धित सामग्री

बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५० प्रतिशत

पुँजीगततर्फ ५० दशमलव ३१ प्रतिशत र चालुतर्फ ५४ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ ।

बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५० प्रतिशत

पुँजीगततर्फ ५० दशमलव ३१ प्रतिशत र चालुतर्फ ५४ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ ।

इमाडोलमा सिटिजन्स बैंकको १९०औं शाखा

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ ।  यससँगै काठमाडांै उपत्यकाभित्र बैंकका ३८ र बागमती प्रदेशमा ५२ शाखा पुगेका छन् । नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा पहिलो वर्षका लागि डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवा नि:शुुल्क प्राप्त गर्न सकिने बताइएको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुुल्कमा ५० प्रतिशत छूट उपलब्ध रहेको बताइएको छ । यो सुविधा हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ । इमाडोलमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले शाखाको शुभारम्भ गरेका हुन् । अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै कमीकमजोरी नराखी ग्राहक सेवामा विशेष ध्यान पुर्‍याउने दृढता व्यक्त गरे ।

सूचना र सञ्चार क्षेत्रमा कर्णाली प्रदेशका जनताको न्यून सहभागिता

काठमाडौं। नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांक अनुसार नेपालमा आर्थिक रूपले सक्रिय १० वर्ष वा सोभन्दा बढी उमेर भएको जनसंख्या पनि एक महत्र्वपूर्ण पाटोको रूपमा रहिआएको छ । नेपालको जनगणना २०७८ का अनुसार नेपालमा यस उमेर समूहका आर्थिक रूपले सक्रिय जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१० रहेको छ । उक्त जनसंख्यामध्ये करीब शून्य दशमलव ३५ प्रतिशतको प्रमुख पेशाको रूपमा सूचना र सञ्चार पेशा रहेको छ । कुल पुरुषमा शून्य दशमलव ५० प्रतिशत सूचना र सञ्चार पेशामा आबद्ध रहेको पाइन्छ भने कुल महिलामध्ये शून्य दशमलव १८ प्रतिशत सूचना र सञ्चार पेशामा आबद्ध रहेका छन् ।  शहरमा सूचना र सञ्चार पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव ५० प्रतिशत रहेको छ भने यो हिस्सा गाउँपालिकामा शून्य दशमलव शून्य ९ प्रतिशत रहेको छ । हिमालमा सूचना र सञ्चार पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव १२ प्रतिशत, पहाडमा शून्य दशमलव ५४ प्रतिशत र तराईमा शून्य दशमलव २१ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा सूचना र सञ्चार पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव २३ प्रतिशत, मधेश प्रदेशमा शून्य दशमलव १४ प्रतिशत, बागमती प्रदेशमा शून्य दशमलव ९४ प्रतिशत, गण्डकी प्रदेशमा शून्य दशमलव २९ प्रतिशत र लुम्बिनी प्रदेशमा शून्य दशमलव १८ प्रतिशत रहेको छ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा  सूचना र सञ्चार पेशामा आबद्ध जनसंख्याको हिस्सा क्रमशः शून्य दशमलव १२  प्रतिशत र शून्य दशमलव १४ प्रतिशत रहेको छ ।

काँग्रेस बागमती प्रदेशमा इन्द्र बानियाँ विजयी

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । उनले खसेको मतको ५० प्रतिशत कटाइसकेका छन् । योसँगै उनी विजयी भएका छन् । यसको औपचारिक घोषणा हुन बाँकी छ । बानियाँले एक हजार ८५ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ल्याएको […]

कसले जित्ला कांग्रेसको बागमती प्रदेशमा ?

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणकोमतदान सकिएसंगै मतगणनाको तयारी भइरहेको छ ।शनिबार भएका निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकपछि आज फेरि दोस्रो चरणको मतदान भएको हो ।प्रदेश राजधानी हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बजे सकिएको थियो । शनिबार भएको पहिलो चरणको […]

काँग्रेस बागमती प्रदेशमा कसैको बहुमत आएन, बाँनिया र केसीबीच पुनः प्रतिष्पर्धा

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिको प्रतिष्पर्धामा कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् । रातभर मतगणना हुँदा संस्थापन पक्षका इन्द्र बाँनिया पहिलो र संस्थापन इतर समूहका जगदीश्वरनरसिंह केसीले दोस्रो भए । सिटौला पक्षका भीमसेनदास प्रधान तेस्रो भई प्रतिष्पर्धाबाट बाहिरिए । खसेको मतमध्ये बाँनियाले ९९२ र केसीले ८७२ मत […]

बागमती प्रदेशमा तीन उम्मेदवार कसैको पनि बहुमत आएन, दोस्रो चरणमा गयो चुनाव

नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैको पनि बहुमत नपाएपछि फेरि मतदान हुने भएको छ । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नआएको हो । निर्वाचन समितिका अनुसार इन्द्र बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् । यसैगरी १० मत बदर भएको छ हुनुका साथै केही मत खाली रहेको छ ।  नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५० प्रतिशत म

बागमती प्रदेशमा बिजुली चोरी स्वाट्टै घट्यो

काठमाडौँ : कुनै बेला भक्तपुर सबैभन्दा बढी बिजुली चोरी हुने जिल्लाका रुपमा ‘नाम कमाएको’ थियो । झन्डै ५० प्रतिशत अर्थात् वितरित बिजुलीको करिब आधा चोरी हुन्थ्यो । चोरी नियन्त्रणको प्रयास थाल्दा विद्युत् प्राधिकरणको भक्तपुर वितरण केन्द्रका प्रमुखले कुटाइ समेत खाएका थिए ।  अहिले अवस्था फरक छ । अहिले भक्तपुरमा …

बागमती प्रदेशमा बिजुली चोरी स्वाट्टै घट्यो

काठमाडौँ : कुनै बेला भक्तपुर सबैभन्दा बढी बिजुली चोरी हुने जिल्लाका रुपमा ‘नाम कमाएको’ थियो । झन्डै ५० प्रतिशत अर्थात् वितरित बिजुलीको करिब आधा चोरी हुन्थ्यो । चोरी नियन्त्रणको प्रयास थाल्दा विद्युत् प्राधिकरणको भक्तपुर वितरण केन्द्रका प्रमुखले कुटाइ समेत खाएका थिए ।  अहिले अवस्था फरक छ । अहिले भक्तपुरमा …