मूल्य तिरिसकेको जग्गा पाएन धितोपत्र बोर्डले

काठमाडौं । २०५० सालदेखि सञ्चालनमा रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) अझै भाडाको घरमा बसिरहेको छ । बोर्डको आफ्नै भवन निर्माणका लागि १ दशकअघि तयारी थालिए पनि हालसम्म त्यसले पूर्णता पाएको छैन । एक वर्षअघि बाँकी कार्यकाल (२ वर्ष) का लागि रमेशकुमार हमालले नेतृत्व सम्हालेसँगै बोर्डको आफ्नै भवन बनाउने पहलले तीव्रता पाएको छ । हमालले बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेको १ वर्ष बितिसकेको छ । २०७८ फागुन ५ गतेको मन्त्रिपरिषद्ले हमाललाई बाँकी कार्यकालका लागि बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । यसअनुसार हमालले २०८० पुस २३ गतेसम्म बोर्डको नेतृत्व गर्नेछन् । हमालले नेतृत्व सम्हालेदेखि नै बोर्डको भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताउँदै आएका छन् । उनले जडीबुटीमा बोर्डले खरीद गर्ने गरी रकम भुक्तानी गरिसकेको जग्गामा केन्द्रीय कार्यालय अपायक हुने र भवन खरीद गर्नुपरेमा सरकारी भवन नै खरीद गर्ने प्रस्ताव बोर्डको जिम्मेवारी सम्हालेको दोस्रो दिनमै सञ्चालक समिति बैठकमा पेश गरेको बताए । बोर्डको केन्द्रीय कार्यालय जडीबुटीमा हुँदा सेवाग्राहीमाथि अन्याय हुने तर्क अध्यक्ष हमालको छ । सेवाग्राहीलाई पायक पर्ने स्थानमा सरकारी भवन खरीद गर्न पहल जारी राखेको जानकारी दिँदै उनले तत्कालका लागि राष्ट्रिय वाणिज्य बैंकको नयाँ भवनका चारओटा तला भाडामा लिएर सर्ने तयारी रहेको बताए । ‘काठमाडौंको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकको नयाँ भवनका चारओटा तला भाडामा दिन प्रस्ताव गरेका छौं,’ उनले भने, ‘बैंक सहमत भए चाँडै नै बोर्डको कार्यालय ललितपुरको खुमलटारबाट थापाथली सर्नेछ ।’ आफ्नो कार्यकालमै बोर्डको भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि हमालले दोहोर्‍याए । बोर्डले जडीबुटीमा ७ रोपनी जग्गा किन्न ३ वर्षअघि काठमाडौं उपत्यका विकास प्राधिकरणलाई प्रतिआना रू. ३८ लाखको दरले रकम बुझाएको थियो । हाल आएर प्राधिकरणले पैसा नै फिर्ता लिन भने पनि बोर्डले जग्गा नै मागेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटा बताउँछन् । प्राधिकरणको नाममा जडीबुटीको जग्गा नआएपछि बोर्डलाई पैसा फिर्ता लिन अनुरोध भएको देवकोटाको भनाइ छ । बोर्डमा कर्मचारी संख्या बढ्ने क्रममा रहेकाले खुमलटारस्थित कार्यालय अपुग हुने देवकोटा बताउँछन् । पछिल्लो समय नियुक्ति प्रक्रियामा रहेका २३ जना आएपछि बोर्डमा ९५ कर्मचारी हुने भएकाले हालको कार्यालयले नपुग्ने देवकोटाले बताए । बोर्डले खुमलटारमा कार्यालय बसेको घरको भाडाबापत मासिक करसहित रू. ८ लाख तिर्दै आएको छ । जडीबुटीबाहेक सातदोबाटोमा समेत बोर्डको जग्गा छ । बोर्डले भवन निर्माणका लागि ढलोट कारखानासँग ५० वर्षका लागि उक्त जग्गा लिजमा लिएको थियो । भवन निर्माणको शिलान्याससमेत भएको उक्त स्थानमा ट्राफिक प्रहरीले अस्थायी भवन बनाएर बसेकाले बोर्डलाई उक्त जग्गामा भवन बनाउन बाधा परेको छ । ट्राफिक प्रहरीले भवन बनाएर बसेको उक्त जग्गाको भाडा बोर्डले मासिक रू. १२ हजार तिर्दै आएको सूचना अधिकारी देवकोटाले जानकारी दिए । काठमाडौं उपत्यका विकास प्राधिकरण बोर्डलाई ब्याजसहित रकम फिर्ता गर्न तयार रहेको प्राधिकरणका प्रशासकीय अधिकृत शुभाष अर्याल बताउँछन् । ‘बोर्डसँग प्राधिकरणले २०७७ फागुनमा ७ रोपनी जग्गाबापत लिएको रकमले कमाएको ब्याजसहित रकम फिर्ता गर्नेछौं,’ उनले भने, ‘यसमा बोर्डको र प्राधिकरणको कुनै कमजोरी देखिँदैन ।’ प्राधिकरणले आफ्नै पैसा हालेर तत्कालीन समयमा १३ रोपनी १४ आना जग्गा खरीद गरे पनि उक्त जग्गा मनोहरा जग्गा एकीकरण आयोजनामा पर्न गएकाले हाल ९ रोपनी मात्र प्राधिकरणको भागमा परेको अर्यालको भनाइ छ । बोर्डलाई ७ रोपनी जग्गा दिएर प्राधिकरणले २ रोपनी लिँदा लागतसमेत नउठ्ने भएपछि बोर्डलाई ब्याजसहित रकम फिर्ता गर्ने निर्णयमा पुगेको अर्यालले जानकारी दिए । प्राधिकरणले ऊबेला करीब ६० करोड रुपैयाँ लगानी गरेको समेत उनले बताए । हालसम्म प्राधिकरणले उक्त जग्गामा गरेको लगानीको कुल लागत ९५ करोड रुपैयाँ पर्न आएको अर्यालको भनाइ छ । बोर्डले ९ रोपनी जग्गा नै खरीद गर्न चाहेमा तत्कालीन मूल्यमा दिन सक्ने अवस्थामा प्राधिकरण छैन । प्राधिकरणको कुल लागत बेहोरेर बोर्डले ९ रोपनी जग्गा लिन चाहेमा भने हालको व्यवस्थापन टिमले आवश्यक निर्णय गर्न सक्ने अर्यालको भनाइ छ । नेपालको धितोपत्र बजारको नियामक निकायको भवन निर्माणका लागि सरकारले समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन् । धितोपत्र बजार सञ्चालक र नियामक निकायको कार्यालयको दूरी धेरै टाढा हुन नहुने उनीहरू बताउँछन् । बोर्डले सर्न चाहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ भवन भाडामा मिल्ने अवस्था आए बजार सञ्चालक र नियामक निकायको कार्यालय नजिक हुन्छ ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको स्वीकृति रोक्यो

नेपाल धितोपत्र बोर्डले हाललाई अघोषित रुपमा स्वीकृति रोकेर अबदेखि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्रै सार्वजनिक निष्कासन गर्न पाउने निर्णय गर्न लागेको छ ।

केयर रेटिङस् नेपाललाई धितोपत्र बोर्डले गर्‍यो कारबाही

काठमाडौं– नेपाल धितोपत्र बोर्डले स्वार्थ बाझिने रेटिङ गरेको भन्दै केयर रेटिङस् नेपाललाई कारबाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको हो । नियमविपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो । विशाल […]

समयमै वित्तीय विवरण नबुझाउने कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गर्ने

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई सूचना, जानकारी तथा विवरणहरु समयमै पेश गर्न निर्देशन दिएको छ । बोर्डले समयमै निर्देशन पालन नगर्ने सूचीकृत कम्पनीलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ । समयमा वित्तीय विवरण र वार्षिक प्रतिवेदन पेश नगर्ने संस्थालाई कारवाही गर्ने चेतावनी बोर्डले दिएको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन […]

सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले रोक्यो लाइसेन्स दिने प्रक्रिया

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालक (स्टक एक्सचेञ्ज), वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) र धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइसेन्स प्रक्रिया तत्कालका लागि स्थगित भएको जनाएको छ । बोर्डले १५ कात्तिक मंगलबार एक सूचनाका प्रकाशित […]

धितोपत्र बोर्डले माग्यो दुई दर्जन कर्मचारी

२८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई दर्जन नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेको छ । बोर्डले निर्देशक, सहायक निर्देशक र बरिष्ठ सहायक गरी दुई दर्जन कर्मचारीबाट आवेदन माग गरेको हो । अधिकृत द्वितिय श्रेणीका पदहरुको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अधिकृत तृतीय श्रेणीका पदको हकमा ३५ वर्ष ननाघेको […]

धितोपत्र बोर्डले माग्यो कर्मचारी(सूचनासहित)

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो । जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । बोर्डले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक […]

धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो ।अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । अन्तिम दिनमा सार्वजनिक विदा परेमा भोलिपल्ट कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)  नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डल

नयाँ ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले माग्यो आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्रमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, […]

नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागू गर्ने प्रस्ताव गरेको छ । ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई निवेदन माग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि, […]

धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिने भएको छ । ग्लोबल मनी विक २०२२ को अवसरमा बोर्डले लगानीकर्तालाई अवयरनेस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  बोर्डले सामुहिक लगानी कोष र क्रेडिट रेटिङ्गका आधारभूत विषयमा चैत ११ गते शुक्रबार जुमबाट प्रशिक्षण दिने भएको छ ।शुक्रबार दिउँसो १ः३० बजेदेखि आयोजना गरिने कार्यक्रम नेपाल धितोपत्र बोर्डले आयोजना गर्ने भएको हो...