दशैंको समय, गाँस जुटाउनकै लागि बालुवामा संघर्ष गर्दै ७० वर्षीय वृद्ध

उमेरले ७० वर्ष, सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ, न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो । आइतबार फूलपातीको दिन सबै नेपालीमा दशैंको चहलपहल सुरु भएको छ तर उहाँलाई न कुनै वर्ष दशैं न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको …

सम्बन्धित सामग्री

हात्तीको बिग्याइँले खोसियो गाँस !

महोत्तरी । जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभरका लागि सञ्चय गरेको अन्न हात्तीले नष्ट गरिदिएपछि उनी अब केले गुजारा गर्ने भन्ने चिन्तामा छिन् ।  ‘हेर्नोस् हजुर कति आवश्यकता थाँती राखेर धान किनी थन्क्याएकी थिएँ, अब म के गरी गुजारा गर्ने होला ?’ हात्तीले घर भत्काएसँगै भकारी फोरेको घटना निरीक्षणका लागि घटनास्थल पुगेका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीसहितका जनप्रतिनिधिलाई भत्केको घर र भकारी देखाउँदै राधिकाले भनिन्, ‘मै गरीबको छाप्रोचाहिँ फोर्नु परेछ ।’  शुक्रवार बिहान झिसमिसेमा हात्तीले बस्ने घर, खाने अन्न धान नोक्सान गरेपछि राधिकाको बिचल्ली भएको छ । हात्तीले काठेघरको माथिल्लो तलामा राखेको भकारी घरको भित्ता लडाएर सूँडले तानेर फुटाएको हो । घरमा एक्लै बस्दै आएकी राधिका धन्न बाँचेको बताउँछिन् । घर हल्लाएर लडाउँदा अब बाँच्दिनँ जस्तो लागेको उनी सुनाउँछिन् । ‘माथिल्लो तलामा सुतेकी थिएँ, एक्कासि घर दुईतिरबाट हल्लियो, हंस नै उड्यो,’ माझी शुक्रवार बिहान झिसमिसेको घटना सम्झँदै भन्छिन्, ‘चन्द्रमाको उज्यालोमा घरका दुवैतिर हात्ती देखें, गुडुल्किएर चाल मारेर बसिरहें, धन्न भकारी फोरेर धान छरेपछि हात्ती हिँडे र बचें ।’  घरमा एक्लै बस्दै आएकी माझीको घर भत्काएर भकारी फोर्दै हात्तीले पाँच/छ क्विन्टल धान छरेको छ । राधिकासँगै सोही दिन एक जोडा हात्तीले पाँच सय मिटर परको प्रेमबहादुर भुजेलको घर पनि भत्काएको छ । भुजेल पनि आफू कालको मुखबाटै जोगिएको बताउँछन् । भुजेल सुतिरहनुभएको खाट हात्तीले लडाएको घरको पर्खालले थिचिएर भाँच्चिएको छ । परिवारसहित वनको पाखातिर दौडँदै भाग्दा केहीबेर हात्तीले लघारेको भुजेलले बताए । दुवै पीडित परिवारलाई राहत उपलब्ध गराइने नगरप्रमुख क्षत्रीले प्रतिबद्धता जनाएका छन् ।  इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवले पनि दुवै घटनाबारे जिल्ला विपद् व्यवस्थापनमा जानकारी गराई आवश्यक सहयोगको अनुरोध गरिएको बताए ।  यसअघि गत बुधवार साँझ हात्तीले गौशाला–१ रामनगर सिरानको सागरनाथ वन विकास परियोजनाको प्लटमा दाउरा बोकेर घर फर्कंदै गरेका मुन्ना शेषलाई लडाएर घाइते बनाएको थियो । पछिल्ला करीब दुई महीनायता महोत्तरीका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । वनक्षेत्रसँग जोडिएका जिल्लाका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा हात्तीको आतङ्क छ । दिनभर घनाजङ्गलका झाडीमा लुक्ने र रात परेपछि हात्ती बस्ती पस्दै आएका छन् । काठेघरका भित्ता हल्लाएर लडाउने, भकारी फोरेर अन्नपात छर्ने, केराका थाम लडाउने र खेतबारीका बाली माडेर नोक्सान पु¥याउने अहिले देखिएका हात्तीका बिग्याइँ छन् । यसपालि खेतबारीको बाली क्षति गर्दै आएका हात्तीले पछिल्ला केही दिनयता घर लडाउने, मान्छेलाई आक्रमण गर्ने क्रम बढेपछि यहाँ त्रास छाएको छ । सर्वसाधारण घाँस दाउरा गर्न र गाईबस्तु चराउन पनि वन पस्न छाडेका बर्दिबास–३ पाटुकै सामाजिक कार्यकर्ता विनोद ढुङ्गेलको भनाइ छ । बस्ती पसेर बिग्याइँ गरिरहेका हात्ती धपाउन नगर प्रमुख क्षेत्रीसहित वनक्षेत्रमा एक सातादेखि खोज अभियानमा लागेका सुरक्षाकर्मीले भने हात्ती दिउँसो लुक्ने ठाउँ फेला नपरेको प्रहरी नायब उपरीक्षक यादवको भनाइ छ । यसैबीच बर्दिबास नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सघन वनक्षेत्र नपस्न, हात्ती राती बस्ती पसे निकै परबाट राँको देखाउन र घर तोडफोड गर्नलागे विस्तारै चाल मारेर सुरक्षित स्थानतर्फ भाग्न सचेत गराएको छ । रासस

मुफतको चिउरा ठूलाठूला गाँस

स्थानीय तहको निर्वाचन, २०७९ वैशाख ३० गते सम्पन्न भइसकेपछि केही दिन परिणामपश्चात् बधाई तथा शुभकामनामा दिन बिताइएको थियो । निर्वाचित जनप्रतिनिधिहरूले अब रमाइला रमाइला र अचम्म अचम्मका निर्णय गर्दै पदबहाल गराए । केहीले बजेट सभाद्वारा पारित गराए भने केहीले बाँकी राखेका छन् । त्यही देखेर, सुनेर र थाहा पाएर अचम्मित भएर दिन बितेका छन् । […] The post मुफतको चिउरा ठूलाठूला गाँस appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाँस, बास, कपासको अधिकार माग्दै शरणार्थीले दिए धर्ना (तस्बिर हेरौं)

काठमाडौं, १४ असार । मंगलबार काठमाडौंमा बस्दै आएका शरणार्थीहरुले राजधानीमा धर्ना दिएका छन् । महाराजगञ्जस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालय अगाडी शरणार्थीहरुले जुलुश प्रदर्शन गर्दै धर्ना दिएका हुन् । श्रीलंका, पाकिस्तान, सोमालिया, नाइजेरिया, इराक, बंगलादेश, रोहिङ्ग्या, म्यानमारलगायत देशका नागरिकहरुले उच्चायुक्तको कार्यालय अगाडी सोमबारदेखि धर्ना दिएका हुन् । साना साना बालबालिकाहरुलाई पनि धर्नामा राखिएको छ । […]

पाँच दलीय गठबन्धन एउटै प्रकारको जुठो गाँस

काठमाडौं, जेठ ३० । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी प्रतिनिधिसभा र प्रदेशसभा तयारीमा जुटेको छ । स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिमा कमजोर परिणाम बेहोरेको एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी आन्तरिक गृहकार्यमा जुटेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । अध्यक्ष […]

सहाराविहीन ९६ वर्षीय थापा दम्पती : गोठमा वास, छैन खाने गाँस

म्याग्दी : भनिन्छ– ८४ वर्ष काटिसकेका वृद्धवृद्धा देवतास्वरुप हुन्।’ सांसारिक मोह, माया, प्रलोभन र प्रपञ्चबाट पर भै भगवानको स्मरण, ध्यान र आराधनामा लाग्नु पर्ने उमेरका म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षिय खड्गबहादुर थापा र उनकी पत्नी खिरकुमारी थापा एक गाँस खानका लागि अरु कसैको आश गर्दै दाजुभाइको भैँसी बाध्ने गोठमा बास बसेर कालको प्रतीक्षा गर्न बाध्य छन्।समयले ९६ वसन्त पार गरे पनि जीवनमा कहिल्यै वसन्त (सुख) अनुभव गर्न नसकेका थापाले बिरक्तिएर पटकपटक आत्महत्या ग

८३ वर्षीया वृद्धा गाँस र बासको खोजीमा

जुम्ला सदरमुकाम खलङ्गा नजिकैको एक बौद्ध गुम्बा पछाडि सानो काठको टहरामा ८३ वर्षीया वृद्धा गाँस बासको खोजीको सहारामा भौतारिएको अवस्थामा भेटिनुभयो । पत्रकारको टोली त्यहाँ पुग्दा सोही गुम्बामा बस्ने पुजारीले उहाँको अवस्था जानकारी गर्न थाल्नुभयो । पुजारीले साहाराविहीन व्यक्ति खान, बस्न पनि समस्या भएको बताउनुभयो । महिला बोल्न हिचकिचाइरहनुभएको थियो । केही छिनमा उहाँलाई बाहिर …

देशलाई पर्दा हामीले गाँस कटाएर सहयोग गर्याैं, हामीलाई पर्दा सरकार हेरेर बस्यो

शिरीष तिम्सिना, कतार । नेपालमा कोरोनाको दोस्रो लहरले सतायो । धेरै नेपालीले अक्सिजनको अभावमा ज्यान गुमाउन पर्यो । त्यो बेला हामी टुलुटुलु हेरेर बस्न सकेनौँ । आफ्नो गाँस कटाएर भए पनि देशलाई पर्दा अक्सिजन सिलिन्डर पठायौँ । तर अहिले हामी घर फर्कने दिन कुरेर बसिरहेका छौँ । सरकार भने हाम्रो दुःख हेरेर बसेको छ । हामीलाई समस्या भयो होला भनेर कति पनि सोचेको छैन । पछिल्लो समय कतार र टर्कीबाट उडान त खुलेको छ । तर त्यो उडानमा हामीजस्तो सामान्य श्रमिकले टिकट काटेर घर फर्कन सक्ने अवस्था छैन । टिकट यति महँगो छ कि कल्पना प...