म्याग्दी : भनिन्छ– ८४ वर्ष काटिसकेका वृद्धवृद्धा देवतास्वरुप हुन्।’ सांसारिक मोह, माया, प्रलोभन र प्रपञ्चबाट पर भै भगवानको स्मरण, ध्यान र आराधनामा लाग्नु पर्ने उमेरका म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षिय खड्गबहादुर थापा र उनकी पत्नी खिरकुमारी थापा एक गाँस खानका लागि अरु कसैको आश गर्दै दाजुभाइको भैँसी बाध्ने गोठमा बास बसेर कालको प्रतीक्षा गर्न बाध्य छन्।समयले ९६ वसन्त पार गरे पनि जीवनमा कहिल्यै वसन्त (सुख) अनुभव गर्न नसकेका थापाले बिरक्तिएर पटकपटक आत्महत्या ग