संघीय लोकतान्त्रिक गणतन्त्रले अझै पनि गाँस, बास र कपासको ग्यारेन्टी गर्न सकेन : नेता खनाल

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा राजनीतिक परिवर्तन भए पनि नागरिकका आधारभूत आवश्यकता अझै पूरा नभएको बताउनुभएको छ । एकीकृत समाजवादी पार्टीले काठमाण्डौको भृकुटीमण्डपमा गरेको आमसभालाई सम्बोधन गर्दै नेता खनालले  नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले अझै गाँस, बास र कपासको ग्यारेन्टी नगरेको बताउनुभयो । गणतन्त्र स्थापना भएको १५ वर्ष पुगिसक्दा पनि नागरिक गास, बास र कपासकै अभावमा बाच्न बाध्य हुनु राजनीतिक दल र नेताहरुको लागि प्रमुख सोचनीय विषय भएको खनालको...