सिँगारिँदै लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी

बुटवल– लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रङ्गरोगनका साथै सरसफाइ थालिएको हो । राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही-भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतीक्षालय रंगरोगन र सरसफाइ धमाधम भइरहेको राप्ती गाउँपालिकाका […]

सम्बन्धित सामग्री

कर्मचारीलाई मासिक छ हजार आवास सुविधा दिइने

देउखुरी, मंसिर २९ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक बसको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरण सहयोग पुग्ने गरी कर्मचारीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेशका मन्त्रालयमा कार्यरत कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा उपलब्ध गराउने निर्णय भएको लुम्बिनी प्रदेश सरकारका […]

लुम्बिनीकाे राजधानी देउखुरीबाट प्रशासनिक सेवा सञ्चालनकाे तयारी

दाङ – लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङकाे देउखुरीबाट प्रशासनिक सेवा सञ्चालनको तयारी गरेको छ । भोलि बुधवार एक कार्यक्रम आयोजना गरी प्रशासनिक कामकाे सुरुवात गर्ने तयारी छ । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य मन्त्रालयको कामकाज राजधानी क्षेत्रबाट सुरु गर्ने योजना बनाएको छ । जसअन्तर्गत दाङकाे राप्ती गाउँपालिका मसुरियामा प्रशासनिक केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो । लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरी बनाइएको छ । प्रदेश सरकारले स्थायी राजधानी कार्यान्वयन...

प्रदेशसभाको बैठक दाङमै राख्ने गरी राजधानी सार्ने काम तीव्र

१६ मंसिर, दाङ । लुम्बिनी प्रदेश राजधानी दाङ स्थानान्तरणको काम तीव्र परिएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि प्रदेश राजधानी कार्यान्वयनको काम अघि बढाइएको हो । निर्वाचन लगतै लुम्बिनी […]

लुम्बिनीमा मनाइयो प्रदेश स्थापना दिवस, ५७ जना प्रदेश पदकबाट विभूषित

लुम्बिनी प्रदेश स्थापनाको ४ वर्ष पूरा भएको छ । प्रदेश स्थापनाको अवसरमा प्रदेश सरकारले मंगलवार मूल समारोह स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थापना दिवस मनाएको हो । संघीय लोकतान्त्रिक संविधान २०७२ ले परिकल्पना गरेको ७ वटा प्रदेशहरूमध्ये लुम्बिनी प्रदेशमा २०७४ फागुन ३ गते सरकारको गठन भएको थियो । सरकार गठन भएको दिन स्थापना दिवसको मूल समारोह मनाउने गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण बृहत् उपस्थिति नगराएको प्रदेश सरकारले औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । सोही अवसरमा बोल्दै मुख्यमन्त्री कूलप्रसाद क...

लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउँदै

दाङ – लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने भएको छ । स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले भोलि आइतबारदेखि स्थापना दिवस मनाउन लागेको हो । लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरेको छ । सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले फागुन १ देखि ३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिनुभयो । राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस ...

लुम्बिनी प्रदेशले फागुन १ देखि ३ गतेसम्म प्रदेश स्थापना दिवस मनाउने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले फागुन १ देखि ३ गतेसम्म प्रदेश स्थापना दिवस मनाउन लागेको छ । सो प्रदेशले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने जनाएको हो । स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले स्थापना दिवस मनाउन लागेको हो । लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने […]

लुम्बिनी प्रदेश राजधानी निर्माणका लागि संघीय सरकारको १ अर्ब

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको १६ महिनापछि गुरुयोजनाको खाका तयार भएको छ । स्थायी राजधानीमा संरचना निर्माणका लागि बजेट अभावमा रोकिएका काम अगाडि बढाउन संघीय सरकारले १ अर्ब रकम व्यवस्थापन गरेको छ । लुम्बिनी प्रदेश सभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी उपत्यका पारित गरेको थियो । […]

लुम्बिनी प्रदेशमा स्थायी राजधानीबाट काम गर्ने गरी तयारी तीव्र

दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी निर्णय भएको एक वर्षभित्र सबै मन्त्रालयको काम स्थायी राजधानीबाट गर्ने गरी काम तीव्र  पारेको छ । देउखुरीको लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई प्रयोग गरेर अहिले प्रदेश मन्त्रालयहरुकाे स्थानान्तरणको काम थालिएको छ ।  स्थायी राजधानी घोषणा भएको दश महिना पुग्न थालेको छ । गएको असोज २० गते प्रदेश सभाको बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले स्थायी राजधानीको कार्यान्वयन दुई प्...

स्थायी राजधानीमा सार्न थालियो लुम्बिनी प्रदेशका मन्त्रालय !

दाङ – लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङकाे देउखुरी राप्ती उपत्यकामा प्रदेश मन्त्रालयको कार्यालय स्थानान्तरण गर्न थालेको छ । पहिलो चरणमा तीन मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालिएको हो । ग्रामीण तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले जानकारी दिनुभयो । आइतवार राप्ती उपत्यका देउखुरी मौरीघाटमा ग्रामीण तथा सहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको हो । मन्त्री रिजालले मन्...