शत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्र दमौली अस्पतालको स्वामित्वमा आएको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पताललाई डायलासिस सेवाको स्वामित्व हस्तान्तरण गरिएको हो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले शाखाका रुपमा दमौली अस्पतालमा नै सञ्चालित डायलासिस सेवा प्रवाहको स्वामित्व हस्तान्तरण गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्लेले अस्पतालका अध्यक्ष देवेन्द्र थापालाई स्वामित्व हस्तान्तरण गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशका सचिव डा विश्वबन