महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी असारभित्र सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य सुरु गरिएको बताए। उनले भने, “असारभित्रै सेवा सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ठेक्का प्रक्रियाद्वारा भवन निर्माण भइरहेको छ । जनशक्ति तयारी अवस्थामा छ ।”उनका अनुसार स

सम्बन्धित सामग्री

महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालन

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा शुरू भएको छ । अस्पताल स्थापनाको ६ दशकपछि मिर्गौलाका बिरामीको उपचारका लागि डायलासिस सेवा सञ्चालन गरिएको हो । शुक्रवारदेखि अस्पतालले डायलासिसको परीक्षण सेवा शुरू भएको बताएको छ । महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले अहिले परीक्षणको रूपमा सेवा शुरू भएको बताए । ‘हामीसँग पाँच मेशिन छन्,’ उनले भने, ‘मेशिन अनुरूप बेड राखेर सेवा सञ्चालन गरिरहेका छौं ।’ महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा विस्तार गरिने बताए । अध्यक्ष भट्टका अनुसार हाल अस्पतालले डायलासिस सेवाका लागि पाँच शय्या छुट्ट्याएको छ । यो संख्या बढाएर  १० ओटा पुर्‍याइने उनले बताए । ‘अहिले दिउँसो दुई सिफ्ट चलाउने योजना छ, ‘उनले भने, ‘विस्तारै रातिको सिफ्टमा पनि सेवा दिन्छौं ।’ डायलासिस कक्षमा नर्सिङ अधिकृत राजेश्वरी समाल (बडाल)ले जिम्मेवारी पाएकी छिन् । अहिले भीमदत्त नगरपालिका–१० तिलकेनीका नन्दराज जोशीले डायलासिस सेवा लिइरहेका छन् । तीन वर्षदेखि मिर्गाैला पीडित जोशीले अहिले घर आँगनकै अस्पतालमा उपचार सेवा शुरू भएपछि खुशी व्यक्त गरे । डायलासिस सेवा परीक्षणका लागि स्वास्थ्य मन्त्रालयका वरिष्ठ नेफ्रोलोजिष्ट डा. जुजुराज श्रेष्ठ, स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाका डा. खगेश्वर गेलालसहितले टोली महेन्द्रनगर पुगेको छ । महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।