काठमाडौं : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक पारित गरेपछि असन्तुष्टि व्यक्त गरेका छन्। नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति आवश्यक हुनुपर्ने ठहर गर्दै तत्कालीन सरकारले रोकेको भएपनि कांग्रेसले बलजफ्ति गरेर पास गरेको आरोप श्रेष्ठले लगाएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘नागरिकता विधेयक पारित हुनु सकारात्मक हो। तर, पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैवाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट