काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख अग्नीप्रसाद सापकोटाले आइतबार राष्ट्रपति भवन शितल निवासमा नवनिर्वाचित उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख सापकोटाले भुसाललाई शपथ गराएका हुन्। भुसाल शुक्रबार उपसभामुख निर्वाचित भएकी थिइन्।