काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा-सम्मेलन भर्चुअल विधिबाट गर्न सबैमा निर्देशन दिएको छ। मन्त्रिपरिषद् बैठकको ६ गतेको निर्णयअनुसार सभासम्मेलन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने व्यवस्था गरेको थियो। उक्त निर्णयको अवज्ञा भइरहेको गुनासो आएकाले उक्त कार्यालयले सरकारी निर्देशनको अवज्ञा गरेको खण्डमा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने जनाएको छ।