सार्वजनिक यातायातको भाडा बढाउन सक्रिय हुने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकका शुल्क वृद्धि गर्नेतिर ध्यान नदिँदा २५ वर्षदेखि राजस्व बढ्न सकेको छैन । यातायात व्यवसायीको दबाबमा सार्वजनिक यातायातको भाडा बढाउने विभागले व्यवसायीकै दबाबका कारण राजस्व नबढाउँदा वार्षिक अर्बौँ राजस्व घाटा भइरहेको छ। विसं २०४९ सालमा तोकिएको राजस्वमै अहिले पनि सवारी साधनको जाँच पास, रुट परमिट,…